२७ वाणिज्य ब्यांकमध्ये २३ वटाकाे नाफा खुम्चियो (विवरणसहित)
हाल संचालनमा रहेका २७ वटा वाणिज्य ब्यांकमध्ये २३ वटाकाे नाफा खुम्चिएकाे छ। सेञ्चुरी कमर्सियल ब्यांक, एनएमबि ब्यांक, ग्लोबल आइएमई ब्यांक र एनआइसी एशिया ब्यांककले मात्रै नाफा बढाउन सफल भएका छन्।
कोरोना महामारीले निम्त्याएकाे बन्दाबन्दीपछि ब्यांक तथा वित्तीय संस्थाको कारोबार प्रभावित हुँदा आर्थिक वर्ष २०७६/०७७ मा अधिकांश वाणिज्य ब्यांकहरूको नाफा खुम्चिएको हाे।
ब्यांकहरूले प्रकाशित गरेको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अधिकांश ब्यांकहरूको नाफा घटेको देखिएको छ। जसका कारण शेयरधनीले प्राप्त गर्ने लाभांशमा असर पर्ने भएको छ।
ब्यांकहरूले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/०७७ को चौथो त्रैमास (असार मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अधिकांश ब्यांकहरूको खुद नाफा घटेको छ।
सेञ्चुरी कमर्सियल ब्यांक, एनएमबि ब्यांक, ग्लोबल आइएमई ब्यांक, एनआइसी एशिया ब्यांकको बाहेक सबै ब्यांकको खुद नाफा घटेको देखिएको छ।
आर्थिक वर्षको अन्तिम चौमासिकमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएपछि ब्यांक तथा वित्तीय संस्थाको कर्जा लगानी पूर्ण रुपमा बन्द रहेको थियो।
त्यसले गर्दापनि ब्यांकहरुको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा गिरावट आउँदा समग्रमा ब्यांकहरूको नाफा घटेको देखिन्छ।
नेपाल ब्यांक
नेपाल ब्यांकको नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा १.५५ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षमा रु.२ अर्ब ५९ करोड ६७ लाख ३६ हजार नाफा कमाएको ब्यांकले गत आर्थिक वर्षमा रु.२ अर्ब ५५ करोड ६४ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। ब्यांकको वितरण योग्य मुनाफा रु.२ अर्ब २१ करोड ४ लाख ९३ हजार रहेको छ।
राष्ट्रिय वाणिज्य ब्यांक
राष्ट्रिय वाणिज्य ब्यांकको नाफा ११.७७ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षमा रु.५ अर्ब ४ करोड ६५ लाख २० हजार कमाएको ब्यांकले गत आर्थिक वर्षमा रु.४ अर्ब ४५ करोड २५ लाख ३३ हजार आर्जन गरेको छ। ब्यांकको वितरण योग्य मुनाफा रु.१ अर्ब ३ करोड ५८ लाख ९५ हजार छ।
नबिल ब्यांक
नबिल ब्यांकको खुद नाफा १५.८६ प्रतिशतले घटेको छ। ब्यांकको खुद नाफा रु.३ अर्ब ५६ करोड ६६ लाख ७३ हजार रहेको छ। अघिल्लो आर्थिक वर्षमा ब्यांकले रु.४ अर्ब २३ करोड ८८ लाख ५४ हजार कामएकाे थियो। ब्यांकको वितरण योग्य मुनाफा रु.३ अर्ब ४ करोड २२ लाख ३७ हजार रहेको छ।
नेपाल इन्भेष्टमेन्ट ब्यांक
नेपाल इन्भेष्टमेन्ट ब्यांकको खुद नाफा रु.२ अर्ब ५७ करोड १६ लाख ५२ हजार रहेको छ। यो नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा २२.६३ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षमा ब्यांकले रु.३ अर्ब ३२ करोड ४१ लाख १३ हजार खुद नाफा कमाएको थियो। ब्यांकको वितरण योग्य मुनाफा रु.६५ करोड २३ लाख ६६ हजार रहेको छ।
स्टाण्डर्ड चार्टर्ड ब्यांक
स्टाण्डर्ड चार्टर्ड ब्यांकको नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा २१.७२ प्रतिशतले कम रहेको छ। ब्यांकले रु.१ अर्ब ९८ करोड ३९ लाख २६ हजार खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो मुनाफा रु.२ अर्ब ४३ करोड ४६ लाख ६५ हजार रहेको थियो। ब्यांकको वितरण योग्य मुनाफा रु.१ अर्ब ५१ करोड ५७ लाख ८० हजार रहेको छ।
हिमायलन ब्यांक
हिमायलन ब्यांकको खुद नाफा पनि अघिल्लो आर्थिक वर्षमा भन्दा घटेको छ। अघिल्लो आर्थिक वर्षमा भन्दा ८ प्रतिशतले नाफा घटेर रु.२ अर्ब ५४ करोड २५ लाख ८८ हजार कायम भएको छ। अघिल्लो आर्थिक वर्षमा ब्यांकको यस्तो नाफा रु.२ अर्ब ७६ करोड ३८ लाख ४८ हजार रहेको थियो। ब्यांकको वितरण योग्य मुनाफा रु.१ अर्ब ३० करोड ९२ लाख ४३ हजार रहेको छ।
नेपाल एसबिआई ब्यांक
नेपाल एसबिआई ब्यांकको नाफा ३३.२२ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षमा रु.२ अर्ब २९ करोड २५ लाख २४ हजार खुद नाफा कमाएको ब्यांकले गत असार मसान्त सम्ममा रु.१ अर्ब ५३ करोड ७ लाख ७९ हजार आर्जन गरेको छ। ब्यांकको वितरण योग्य मुनाफा ९८ करोड ६१ लाख १८ हजार रहेको छ।
नेपाल बंगलादेश ब्यांक
नेपाल बंगलादेश ब्यांकको खुद नाफा २१.६२ प्रतिशतले घटेको छ। असार मसान्त सम्ममा ब्यांकले रु.१ अर्ब २४ करोड ४५ लाख ८० हजार खुद नाफा आर्जन गरेको वित्तीय विवरणमा देखिन्छ। अघिल्लो आर्थिक वर्षमा यस्तो मुनाफा रु.१ अर्ब ५८ करोड ७९ लाख ६० हजार रहेको थियो। ब्यांकको वितरण योग्य मुनाफा ४४ करोड ९१ लख १४ हजार रहेको थियो।
एभरेष्ट ब्यांक
एभरेष्ट ब्यांकको खुद नाफा पनि १८.१४ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षमा रु.३ अर्ब ५ करोड ४१ लख २२ हजार खुद नाफा कर्माको ब्यांकले गत आर्थिक वर्षमा रु.२ अर्ब ४९ करोड ९९ लाख ९४ खुद नाफा कमाएको थियो। ब्यांकको वितरण योग्य मुनाफा रु.१ अर्ब ६७ करोड ३१ लाख ६७ हजार रहेको छ।
ब्यांक अफ काठमाडौं
ब्यांक अफ काठमाडौंको खुद नाफा पनि २२.२१ प्रतिशतले घटेको छ। गत असार मसान्त सम्म ब्यांकले रु.१ अर्ब ४७ करोड ५५ लाख ६९ हजार खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा रु.१ अर्ब ८९ करोड ६९ लाख ५६ हजार रहेको थियो। ब्यांकको वितरण योग्य मुनाफा भने रु.८८ करोड ७ लाख ८५ हजार रहेको छ।
नेपाल क्रेडिट एण्ड कमर्स ब्यांक
नेपाल क्रेडिट एण्ड कमर्स ब्यांकले गत आर्थिक वर्षमा रु.१ अर्ब ७४ करोड २३ लाख ५३ हजार खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा ११.२२ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षमा ब्यांकको मुनाफा रु.१ अर्ब ९६ करोड २७ लाख ३९ हजार रहेको थियो। ब्यांकको वितरण योग्य मुनाफा रु.६९ करोड ९९ लाख १७ हजार रहेको छ।
एनआइसी एशिया ब्यांक
एनआइसी एशिया ब्यांकको खुद नाफा भने बढेको छ। ब्यांकले रु.३ अर्ब १२ करोड १४ लाख ८८ हजार खुद नाफा गरेको वित्तीय विवरणमा देखिन्छ। यो नाफा ३.२५ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा ब्यांकको खुद नाफा रु.३ अर्ब २ करोड ३२ लाख ८३ हजार हेको थियो। ब्यांकको वितरण योग्य मुनाफा रु.१ अर्ब ४४ करोड ७ लाख ३४ हजार रुपैयाँ रहेको छ।
मछापुच्छ्रे ब्यांक
मछापुच्छ्रे ब्यांकको खुद नाफा भने २६.२२ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षमा रु.१ अर्ब ६९ करोड ७० लाख ८८ हजार खुद नाफा कमाएको ब्यांकले गत असार मसान्तमा रु.१ अर्ब २५ करोड २० लाख ४२ हजार आर्जन गरेको वित्तीय विवरण प्रकाशित गरेको छ। ब्यांकको वितरण योग्य मुनाफा रु.९० करोड ८२ लाख ७८ हजार रहेको छ।
कुमारी ब्यांक
कुमारी ब्यांकको नाफामा भने धेरै गिरावट देखिएको छैन्। अघिल्लो आर्थिक वर्षमा रु.१ अर्ब ७७ करोड ६० लाख ३७ हजार खुद नाफा कमाएको ब्याकले गत असार मसान्तमा रु.१ अर्ब ७७ करोड ६० लाख ३० हजार रहेको छ। जुन शुन्य दशमलव ०४ प्रतिशतले कम रहेको छ। यो ब्यांकको वितरण योग्य मुनाफा रु. ७१ करोड २८ लाख ८३ हजार रहेको छ।
लक्ष्मी ब्यांक
लक्ष्मी ब्यांकको खुद नाफामा पनि गिरावट आएको छ। असार मसान्तमा ब्यांकको खुद नाफा रु.१ अर्ब ४८ करोड ४७ लाख ८९ हजार रहेको छ। जुन अघिल्लो आर्थिक वर्षमा भन्दा ६.६२ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षमा रु.१ अर्ब ५९ करोड ७४ हजार कमाएको थियो। ब्यांकको वितरण योग्य मुनाफा रु.१ अर्ब १२ करोड ७२ लाख ५२ हजार रहेको छ।
सिद्धार्थ ब्यांक
सिद्धार्थ ब्यांकको नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा ७.३० प्रतिशतले घटेर रु.२ अर्ब ९ करोड २७ लाख ७० हजारमा झरेको छ। अघिल्लो आर्थिक वर्षमा रु.२ अर्ब २५ करोड ७६ लाख ८८ हजार रहेको छ। ब्यांककाे वितरण योग्य मुनाफा रु.८६ करोड ६४ लाख ८४ हजार रहेको छ।
कृषि विकास ब्यांक
कृषि विकास ब्यांकको खुद नाफा १७.२५ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षमा रु.४ अर्ब १९ करोड १३ लाख ९१ हजार खुद नाफा आर्जन गरेको ब्यांकले गत असार मसान्तमा रु.३ अर्ब ४६ करोड ८० लाख ३२ हजार कमाएको छ। ब्यांकको वितरण योग्य मुनाफा रु.१ अर्ब ६६ करोड ५३ लाख ९६ हजार रहेको छ।
ग्लोबल आइएमई ब्यांक
ग्लोबल आइएमई ब्यांकको नाफा भने ११.८१ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षमा रु.२ अर्ब ७६ करोड १९ लाख ५४ हजार खुद नाफा कमाएको ब्यांकले गत असार मसान्त सम्ममा रु.३ अर्ब ८ करोड ८० लाख ४२ हजार कमाएको छ। ब्यांकको वितरण योग्य मुनाफा रु.१ अर्ब ७३ करोड २८ लाख ८२ हजार रहेको छ।
सिटिजन्स ब्यांक इन्टरनेशनल
सिटिजन्स ब्यांक इन्टरनेशनलको खुद नाफामा २३.७३ प्रतिशतको गिरावट आएको छ। ब्यांकको खुद नाफा १ अर्ब ११ करोड ६० लाख ४० हजार रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा रु.१ अर्ब ४६ करोड ३२ लाख १९ हजार रहेको थियो। ब्यांकको वितरण योग्य मुनाफा रु.८२ करोड ३९ लाख ९९ हजार रहेको छ।
प्राइम कमर्सियल ब्यांक
प्राइम कमर्सियल ब्यांकको नाफा भने ४.२८ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षमा रु.२ अर्ब १९ करोड ८७ लाख ९२ हजार खुद नाफा कमाएको ब्यांकले गत असार मसान्त सम्ममा रु.२ अर्ब २९ करोड २८ लाख २ हजार कमाएको छ। ब्यांकको वितरण योग्य मुनाफा रु.१ अर्ब ६१ करोड ५७ लाख १८ हजार रहेको छ।
सनराइज ब्यांक
सनराइज ब्यांकको खुद नाफा गत आसार मसान्तमा रु.१ अर्ब २९ करोड २८ लाख ७७ हजार रहेको छ। यो नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा १८.३६ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षमा ब्यांकले रु.१ अर्ब ७० करोड ६१ लाख २ हजार खुद नाफा कमाएको थियो। ब्यांकको वितरण योग्य मुनाफा रु.५२ करोड ९१ लख २१ हजार रहेको छ।
एनएमबि ब्यांक
एनएमबि ब्यांकको खुद नाफामा अघिल्लो आर्थिक वर्षमा भन्दा समान्य वृद्धि भएको छ। ब्यांकले असार मसान्त सम्ममा रु.२ अर्ब २७ करोड ६ लाख ७० हजार खुद नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भन्दा ०.५९ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा ब्यांकले रु.२ अर्ब २५ करोड ७२ लाख ७६ हजार खुद मुनाफा कमाएको थियो। ब्यांकको वितरण योग्य मुनाफा रु.१ अर्ब ४२ करोड ६८ लाख २९ हजार रहेको छ।
प्रभु ब्यांक
प्रभु ब्यांकको खुद नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा २३.३६ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षमा रु.१ अर्ब ७८ करोड ३५ लाख ९३ हजार खुद नाफा कमाएकोमा गत असार मसान्तमा रु.१ अर्ब ३६ करोड ६९ लाख ७४ हजार कमाएको छ। ब्यांकको वितरण योग्य मुनाफा रु.१ अर्ब ८ करोड २६ लाख १७ हजार रहेको छ।
मेगा ब्यांक
मेगा ब्यांकले गत असार मसान्त सम्ममा रु.१ अर्ब ५२ करोड ५ लाख ९३ हजार खुद नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षमा भनदा ६.६९ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षमा ब्यांकले रु.१ अर्ब ६२ करोड ९६ लाख ८९ हजार रहेको थियो। ब्यांकको वितरण योग्य मुनाफा रु.१ अर्ब ११ करोड ५९ लाख ७५ हजार रहेको छ।
सिभिल ब्यांक
सिभिल ब्यांकले गत असार मसान्त सम्ममा रु.४५ करोड ७० लाख १ हजार खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा ३५.४० प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षमा ब्यांकको खुद नाफा रु.७० करोड ७४ लाख १२ हजार रहेको थियो। ब्यांकको वितरण योग्य मुनाफा रु.२५ करोड २१ लख ९६ हजार रहेको छ।
सेञ्चुरी कमर्सियल ब्यांक
सेञ्चुरी कमर्सियल ब्यांकको खुद नाफा ३४ प्रतिशतले बढेको छ। गत असार मसान्तमा ब्यांकको खुद नाफा रु.९० करोड ६३ लाख २३ हजार रहेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा रु.६७ करोड ६४ लाख ८ हजार रहेको थियो। ब्यांकको वितरण योग्य मुनाफा रु.४० करोड ९२ हजार छ।
सानिमा ब्यांक
सानिमा ब्यांकको खुद नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा २४.५७ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षमा रु.२ अर्ब २५ करोड ८० लाख ६७ हजार खुद नाफा कमाएको ब्यांकको गत असार मसान्त सम्मको नाफा रु.१ अर्ब ७० करोड ३३ लाख ७३ हजार रहेको छ। ब्यांकको वितरण योग्य मुनाफा रु.१ अर्ब ११ करोड ९७ लाख २२ हजार रहेको छ।