स्वास्थ्यकर्मीको अनिवार्य पीसीआर परीक्षण गराउन मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीको अनिवार्य पिसिआर परीक्षण गराएर मात्र काममा लगाउन अस्पताललाई निर्देशन दिएको छ। संक्रमणको जोखिम बढेकाले मन्त्रालयले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई अनिवार्य पिसिआर परीक्षण गर्न निर्देशन दिएको हो।
नेपालमा चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई कोभिड–१९ को संक्रमण देखिएको छ। सपिङ मल, रेष्टुराँ, होटल र उद्योगमा काम गर्ने सबै कर्मचारीका अनिवार्य पिसिआर परीक्षण गर्न मन्त्रालयले आग्रह गरेको छ।
ठूला शहरमा संक्रमण बढ्दै गएका अवस्थामा पछिल्लो अवस्थामा व्यवसायमा संलग्न व्यक्ति धेरैको सम्पर्कमा आउने र जोखिम बढ्ने भएकाले त्यस्ता व्यवसायमा संलग्न हुने कर्मचारी तथा व्यवसायीको सम्बन्धित उद्योग व्यवसायले आफ्नै खर्चमा अनिवार्य पिसिआर परीक्षण गर्ने व्यवस्था गराउन निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए।
जनस्वास्थ्यका मापदण्ड पूरा गर्न र अतिआवश्यक कामबाहेक घरबाहिर ननिस्कन पनि अनुरोध गरे।