चितुवाको छालासहित भक्तपुरबाट सात जना पक्राउ
प्रहरीले भक्तपुरबाट चितुवाको छालासहित पाँच जनालाई सात जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी अपराध महाशाखा भक्तपुरको संयुक्त टोलीले चाँगुनारायण-८ सुडालबाट चितुवाको छाला र चोरीको मोटरसाइकलसहित सात जनालाई पक्राउ गरेको हो।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक दीपक गिरीका अनुसार पक्राउ पर्नेहरूमा भक्तपुरको चाँगुनारायण-८ सुडाल बस्ने कुमार लामा, फुसाङ तामाङ, हिमाल लामा, पासाङ तामाङ, संजिब जाली मगर, दिपेश तामाङ र मिलन मगर रहेका छन्।
उनीहरूको कोठामा खानतलासी गर्दा प्रहरीले खैरो र सेतो रंगको पाटे चितुवाको सुख्खा छाला एक थान र बा ९० प ६५१० नम्बरको चोरीको पल्पर मोटरसाइकलसमेत बरामद गरेको छ।