संसदीय निर्वाचनमा आफ्नो पार्टी एसएसपीपीले अत्यधिक बहुमतसहित जित हासिल गरेपछि महिन्दा राजापाक्ष प्रधानमन्त्रीमा नियुक्त भएका छन्। महिन्दाको प्रधानमन्त्रीमा मात्रै यो चौंथो कार्यकाल हो।
आइतबार श्रीलंकाका राष्ट्रपति तथा आफ्नै भाइ गोटाबाय राजापाक्षबाट उनले शपथ लिएका छन्। कोरोना महामारीको बीचमा सम्पन्न संसदीय निर्वाचनमा उनको दल श्रीलंका पिपुल्स पार्टी (एसएलपीपी) ले करिब ७५ प्रतिशत सिटमा जित हासिल गरेको थियो।
यसअघि मुलुकका कार्यकारी प्रधानमन्त्रीका रुपमा रहेका महिन्दा संसदमा पार्टीको जितसँगै नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।