अमेरिका, ब्राजिल र भारतमा मात्र एक करोडभन्दा बढी संक्रमित
कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित तीन देश अमेरिका, ब्राजिल र भारतमा मात्र एक करोडभन्दा बढी संक्रमित पुगिसकेका छन्। यो संख्या विश्वमा कुल संक्रमितमध्ये आधाभन्दा बढी हो।
अमेरिकामा मात्र संक्रमितको संख्या ५१ लाख ५० हजार पुगिसकेको छ। त्यसैगरी ब्राजिलमा ३० लाख १३ हजार र भारतमा २१ लाख ५२ हजार संक्रमित छन्।
अमेरिकामा २६ लाख ३६ हजारभन्दा बढी निको भएका छन्। त्यस्तै एक लाख ६५ हजार ५८ जनाको मृत्यु भएको छ।
ब्राजिलमा करीब २१ लाख निको भएका छन् भने एक लाख ५४३ जनाको मृत्यु भएको छ। एक लाखभन्दा बढीको मृत्यु हुने ब्राजिल दोस्रो देश भएको छ। भारतमा १४ लाख ८० हजार निको भएका छन् भने ४३ हजार ४५३ जना निको भएका छन्।
अहिलेसम्म विश्वमा करीब एक करोड ९७ लाख ८७ हजार संक्रमित फेला परेका छन्। तीमध्ये एक करोड २७ लाख सात हजार निको भएका छन्। सात लाख २८ हजार ५८१ जनाको मृत्यु भएको छ।