सुन तोलाको १ लाख ३ हजार ५०० पुग्यो
लगातार बढिरहेको सुनको मूल्य आज पनि बढेको छ। बिहीबार प्रतितोला रु. १ लाख २ हजार ५०० मा कारोबार भएकोमा आज रु. १ हजार बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार, शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला रु. १ लाख ३ हजार ५०० र तेजाबी सुनको मूल्य रु. १ लाख ३ हजार निर्धारण भएको छ।
यस्तै, चाँदीको मूल्य आज तोलाको रु. १ हजार ४०५ कायम भएको छ।
कोभिड–१९ को सङ्क्रमण रोक्न बन्दाबन्दी लागू गरिएयता २५ जेठमा एक तोला सुनको मूल्य रु. १० हजार ४०० ले बढेर रु ८७ हजार पुगेको थियो। त्यसयता सुनको मूल्य निरन्तर बढिरहेको छ।
महामारीका कारण लगानीका सबै ठाउँ प्रभावित भएको र सुनलाई सुरक्षित क्षेत्र मान्दै लगानी धेरै हुँदा मूल्य बढेको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्य बताउँछन्।