समाचार शनिबार, असार २०, २०७७

बझाङमा पहिरोमा तीन जनाको शव भेटियो, राहत लिएर हेलिकोप्टर जाँदै

हिमालखबर

बझाङमा पहिरोमा तीन जनाको शव भेटियो, राहत लिएर हेलिकोप्टर जाँदै
फाइल तस्वीर

बझाङको केदारस्युँ गाउँपालिका ८ मल्लेसीमा शनिबार राति गएको पहिरोमा पुरिएका तीन जनाको शव भेटिएको छ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी गणेशबहादुर बमका अनुसार अहिले असईको नेतृत्वको टोली घटनास्थल पुगेर दिएको जानकारी अनुसार तीन जनाको शव भेटिएको छ । ४ जना बेपत्ता भएको अनुमान गरिएको छ, उनले भने "उद्धार र खोजी कार्य जारी छ । केही पशुचौपायामा पनि पहिरोले पुरिएर मरेको अवस्थामा भेटिएका छन्।"

धेरै घरहरु पुरिए पनि धेरै जनाले भागेर ज्यान बचाएको भन्ने खबर आएको छ, उनले भने ३ बजेसम्म म पनि पुग्छु, अहिले बाटोमा जाँदै छु।

प्रतिनिधिसभामा बझाङकी सांसद आशाकुमारी विकका अनुसार पहिरोले घर बगाएपछि उनीहरु विद्यालयमा बसेका छन् । गृह मन्त्रालयसँगको समन्वयमा पहिराे पीडितका लागि खाद्यान्न तथा लत्ताकपडासहित हेलिकाेप्टर जाँदैछ। 

तर घटनास्थलमै ल्याण्ड गर्न नसक्ने भएकाले जिल्लास्थित सेनाको ब्यारेकमा सामान झारेर गाडीबाट लैजाने तयारी भएको उनले बताइन्।

प्रतिकृया दिनुहोस