समाचार शनिबार, असार २०, २०७७

ड्रोनबाट देखिएको सुन्दर लुम्बिनी (फोटो फिचर)

हिमालखबर

ड्रोनबाट देखिएको सुन्दर लुम्बिनी (फोटो फिचर)
लुम्बिनी ।

- तस्वीरहरुः सागर पाण्डे

संयुक्त राष्ट्रसंघको सहयोगमा सन् १९७८ मा जापानी वास्तुकलाविद् प्रोफेसर केन्जो टाँगेले लुम्बिनी विकास गुरुयोजना तयार पारे । उनले सन् १९९५ मा सक्नेगरी गुरुयोजना तयार पारेका थिए।

समयमा नै काम भएको भए गुरुयोजनाले निर्धारण गरेका सबै संरचना २५ वर्षअघि नै निर्माण भइसकेका हुन्थे । तर, अहिले करीब ८० प्रतिशत संरचना मात्र बनेको लुम्बिनी विकास कोषले जनाएको छ।

उक्त गुरुयोजना उत्तर–दक्षिण पाँच वर्ग माइल क्षेत्रमा फैलिएको छ । जसमा उत्तरबाट मध्य भागमा एक वर्ग माइल (११ सय ५५ बिघा) को को तीन खण्डलाई क्रमशः पुरातात्विक क्षेत्र पवित्र उद्यान, अन्तर्राष्ट्रिय बौद्ध बिहार क्षेत्र र नयाँ लुम्बिनी गाउँमा विभाजन गरिएको छ । गुरुयोजना अनुसारका काम भइरहँदा लुम्बिनीको सुन्दरता पनि बढ्दै गएको छ।

लुम्बिनीको सुन्दरता झल्काउने ड्रोन क्यामेराबाट कैद गरिएका तस्वीर।

 

प्रतिकृया दिनुहोस