हङकङ चीनको अभिन्न अंग हो : परराष्ट्र मन्त्रालय
नेपालले एक चीन नीतिको पक्षमा रहेको भन्दै हङकङका लागि अघि सारेको राष्ट्रिय सुरक्षा कानुनको पक्ष लिएको छ । बुधबार परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौैड्यालले एक विज्ञप्ति जारी गर्दै हङकङमा कानून र सुव्यवस्था लागू गर्नका लागि चीनले गरेको प्रयासको समर्थन गर्ने जनाएको हो।
नेपालले एक चीन नीतिलाई समर्थन गरेको दोहोर्याउँदै हङकङलाई चीनको अभिन्न अंगको रुपमा रहेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ।
"शान्ति, कानून र सुव्यवस्थालाई व्यवस्थिततवरले पालना गराउनु राज्यको प्राथमिकता जिम्मेवारीभित्र पर्दछ", चीनले हङकङको लागि जारी गरेको राष्ट्रिय सुरक्षा कानूनलाई लिएर परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालद्वारा बुधबार जारी गरिएको वक्तव्यमा भनिएको छ, "नेपाल कुनै पनि मुलुकको आन्तरिक मामलामा हुने हस्तक्षेपको विश्वास गर्दैन । र, हङकङमा कानून र सुव्यवस्था लागू गर्नका लागि चीनले गरेको प्रयासलाई समर्थन गर्दछ।"