कोरोना संक्रमणपछि काठमाडौं मेडिकल कलेजका सबै सेवा बन्द
सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै सेवा बन्द गरेको जनाएको छ।
२० जेठमा सूचना जारी गर्दै कलेजले उपचाररत दुई बिरामी र दुई स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि अस्पतालबाट दिइराखेको आकस्मिक लगायत विभागहरुको सेवा बन्द गरिएको जनाएको हो।
अस्पतालका मेडिकल डाइरेक्टर प्रा.डा. मुकुन्दराज जोशीद्वारा जारी सूचनामा भनिएको छ, “आकस्मिक लगायतका विभागहरुमा निर्मलीकरण गर्नुपर्ने अवस्था आएकाले सम्पूर्ण सेवाहरु अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको सबैमा जानकारी गराइन्छ।”