चौरजहारी घटनामा बेपत्ता थप एक युवाको शव पनि भेटियो
रुकुमको चौरजहारी घटनामा परी बेपत्ता युवकको शव फेला परेको छ। योसँगै घटनामा परी बेपत्ता ६ जनाकै मृत्यु भइसकेको छ भने सबैको शव पनि भेटिएको छ।
भेरी नगरपालिका–११ बस्ने १८ वर्षीय गोविन्द शाहीको शव मंगलबार स्थानीयहरुले साँझ करीब ६ बजे भेरी नगरपालिका-१३ स्थित भेरी नदीमा भेटाएको प्रहरीले जनाएको हो।