डोल्पाको भेरी नदीमा बगेर तीन बालिकाको मृत्यु
डोल्पाको भेरी नदीले बगाउँदा तीन बालिकाको मृत्यु भएको छ । गाईबस्तु चराउन गएका बालिकाहरू नदी पारी गाईबस्तु गएपछि फर्काउन जाँदा नदीले बगाएको डोल्पा प्रहरीले जनाएको छ।
मंगलबार दिउँसो ठूलीभेरी नगरपालिका ९ को मोतिपुरका १२ वर्षीया यशोधा भण्डारी, १० वर्षीया गंगा कठायत र १० वर्षीया विजय कठायतलाई नदीले बगाएको हो ।
यशोधा भण्डारी र विजय कठायतलाई बगेको स्थानदेखि दुई किलोमिटर तलबाट प्रहरीले उद्धार गरेको थियो । उद्धारपछि जिल्ला अस्पताल पुर्याए पनि अस्पतालले पहिले नै मृत्यु भइसकेको प्रहरीले जनाएको छ। गंगा कठायतको भने ५ किलोमिटर तल शव फेला पारेको थियो।