सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रममा प्रसूति सेवालाई प्राथमिकता (पूर्णपाठ)
उन्नती चौधरी
सुदूरपश्चिम प्रदेश सरकारले नीति तथा कार्यक्रममा नयाँ जन्मिने बालिकाको भविष्य सुनिश्चित गर्न बीमा गर्ने नीति ल्याएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७-०७८ को वार्षिक नीति तथा कार्यक्रममा सो नीति ल्याएको हो ।
प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो नीति ल्याएको बताइन् । नीति तथा कार्यक्रममा प्रदेश संघ र स्थानीय तहको साझेदारीमा १५ शय्याको प्रसूति केन्द्र र शहरी स्वास्थ्य केन्द्र निर्माण गर्ने बताइएको छ ।
प्रदेश प्रमुख पन्तले स्वास्थ्य सेवा खाद्य सुरक्षा र आपूर्तिको प्रभावकारी व्यवस्था गरी जनतालाई रोगबाट बचाउने र भोकबाट जोगाउने अभियान सञ्चालन गर्ने बताइन्।
नीति तथा कार्यक्रममा ‘एउटै सृष्टि समदृष्टिको’ मूल नारासहित महिला हिंसा, छाउपडी प्रथा, बोक्सी प्रथा, जातीय विभेद उन्मूलनका लागि सामाजिक रुपान्तरण अभियान सञ्चालन गर्ने बताइएको छ । साथै गरीब असहाय तथा पछाडि पारिएका वर्ग पीडित नागरिकलाई निशुल्क कानूनी सेवाको व्यवस्था गरिने समेत बताइएको छ।
दुर्गम क्षेत्रका बासिन्द, दलित, महिला, जनजाति, शहीद, बेपत्ता परिवार, घाइते, अपांगता भएका व्यक्ति, सीमान्तकृत वर्ग, लोपाेन्मुख वर्गका बालबालिकालाई शिक्षामा पहुँच सुनिश्चित गर्न छात्रवृत्तिको व्यवस्था गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख भएको छ ।
यस्तै कोरोना प्रभावितलाई कृषिमा प्रथामिकता र कृषि ऋण उपलब्ध गराइने स्वदेश तथा विदेशमा रोजगारी गुमाएका व्यक्तिको रोजगारी अभिवृद्धि गरिने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।