थप १३ जनामा कोरोना संक्रमण भेटियो, संक्रमितको संख्या १८११ पुग्यो
सोमबार थप १३ जना कोरोना संक्रमित भेटिएका छन् । सोमबार दिउँसोसम्म २२६ जनामा कोरोना संक्रमण भेटिएकोमा अपरान्हसम्म १३ जना थपिएका हुन् । यससँगै हालसम्म देशभर भेटिएका कोरोना संक्रमितको संख्या १८११ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा नवलपरासीमा एक, पाल्पामा दुई, कपिलवस्तु ७, रुपन्देहीमा दुई र गुल्मी एक जनासमेत गरी १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।
हालसम्म नेपालमा कोरोना संक्रमण भएका २ सय २१ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ८ जनाको मृत्यु भइसकेको छ।
सम्बन्धीत सामाग्री: