पछिल्लो २४ घण्टामा २२६ जना कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या १७९८ पुग्यो
नेपालमा पछिल्लो २४ घन्टायता २२६ जनामा कोरोना संक्रमण भेटिएको छ। यससँगै हालसम्म देशभर भेटिएका कोरोना संक्रमितको संख्या १७९८ पुगेको छ। संक्रमितमध्ये १६६७ जना पुरुष र १३१ जना महिला रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार सोमबार २१३ जना पुरुष र १३ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएको जानकारी अनुसार विराटनगरको कोशी अस्तपालमा गरिएको परीक्षणमा झापाका २ जनामा कोरोना संक्रमण भेटिएको छ। त्यसैगरी पोखराक्षेत्रीय प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सोही प्रयोगशालामा जुम्लामा १९ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको डा. देवकोटाले जानकारी दिए।
सुर्खेतका प्रयोगशालामा गरिएको प्रयोगशालामा दैलेखका १७, सल्यानका १० र सुर्खेतका ५ जना गरी ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छन् भने काभ्रेको धुलिखेल अस्पताल प्रयोगशालमा रौतहटका १८ र कपिलवस्तुका २ जनामा गरी २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बाँकेको भेरी अस्तपालमा परीक्षण गर्दा बाँकेका ७ जना र दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ९ जनाको रिपोर्ट पोजेटिभ आएको छ।
यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा धनुषाका ७ कपिलवस्तुका ३८ जना, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिराहाका ५ र उदयपुरका १ जनामा समेत कोरोना पोजेटिभ आएको छ। यस्तै सेती अस्पतालमा गरिएको परीक्षणमा कैलालीका १४, अछामका १, बैतडीका १, डोटीका १ र कञ्चनपुरका १ जनामा कोरोना संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमण भएका २ सय २१ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ८ जनाको मृत्यु भएको छ ।