प्रतिनिधिसभा बैठक जारी, बजेटबारे अर्थमन्त्रीले जवाफ दिने [लाइभ]
आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि संघीय संसदमा प्रस्तुत बजेट माथि छलफल जारी छ। आइतबार देखि शुरु भएको छलफल आज पनि जारी छ।
सांसदहरुले बजेटबारे उठाएका प्रश्नको अर्थमन्त्री युवराज खतिवडाले जवाफ दिने कार्यसूची छ। अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट प्रस्तुत गरेका छन्।
बजेटले जनताको आवश्यकता सम्बोधन गर्न नसकेको र महामारीको असरबाट अर्थतन्त्र र जनता जोगाउन नसकेको विपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी लगायतले टिप्पणी गरेका छन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही बाहेक सांसदहरुले बजेट सापेक्षित आएको टिप्पणी गरेका छन्।
आजकै बैठकमा अर्थमन्त्री खतिवडाले बजेटसँग सम्बन्धित विधेयकहरु संसदमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ। मन्त्री खतिवडाले विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण ता जमानत विधेयक प्रस्तुत गर्नेछन्।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले अध्यादेश खारेज भएपछि नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेश पनि प्रस्तुत गर्नेछन्।