भारतबाट फर्केका मजदुर बोकेको बस बाँकेमा दुर्घटना, १२ जनाको मृत्यु
भारतबाट फर्केका मजदुरलाई सल्यान पु¥याउन हिँडेको बस बाँकेको अगैयामा आइतबार राति रोकिराखेको ट्रकमा ठोक्किदा १२ जनाको मृत्यु भएको छ । २१ जना घाइते भएका छन् ।
प्रदेश ५ प्रहरी मुख्यालयका एसएसपी राजकुमार बैदवारका अनुसार २१ घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । सबैको भेरी अस्पतालमा उपचार भइरहेको छ ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–२ स्थित ठोरिया जंगलमा दुर्घटना भएको हो । बा ५ ख ५९९५ नम्बरको फोर्स गाडी चामल लोड भएको ना ४ ख ९०६४ नम्बरको ट्रकमा पछाडीबाट ठोक्किएको छ ।
दुर्घटनास्थलमा रहेका बाँके प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले आइतबार साँझ साढे ८ बजे नेपालगञ्जबाट हिँडेको बस समथर बाटोमा ट्रकसँग ठोक्किएको जानकारी दिए ।
सजिलो सडकमा बस कसरी ठोक्कियो भयो भन्ने अनुसन्धान भइरहेको उनले बताए । “दुर्घटना कसरी भयो भन्ने पत्ता लगाउन म आफै यहाँ आएको छु,” एसपी वलीले भने “बाटोमा रोकेर खाना खाएर हिँडे जस्तो देखिन्छ ।”
घाइते हुनेहरुको विवरणः
१. दाङको धना गाउँपालिका ४ का ४५ वर्षीय मेघराज केसी
२. रोल्पाको त्रिवेणी गाउँपालिका ७ का १७ वर्षिय सुनिल परियार
३. सोही ठाउँका २० वर्षी वीरेन्द्र परियार
४. सोही ठाउँका १८ वर्षीय पुरन परियार
५. दाङ तुलसीपुरका ३९ वषीय विष्णु गिरी
६. सल्यानको शारदा गाउँपालिका ६ का टीका चलाउने
७. दाङको राजपुर गाउँपालिका ६ का २० वर्षीय दीपेश चौधरी
८. दाङको तुलसीपुर उपमहानगरपालिका २ का २३ वर्षीय रुपलाल केसी
९. रोल्पाको कुरैति गाउँपालिका २ का ५२ वर्षीय नरबहादुर विक
१०. दाङको राजपुर गाउँपालिका २ का २१ वर्षीय जीवन घर्ती
११. रोल्पाको टुटु ८ का ४० वर्षीय दिलबहादुर विक
१२. सल्यानको कुपिण्डेदह गाउँपालिकाका २० वर्षीय मीनराज विक
१३. सल्यानको सिद्धकुमाख गाउँपालिका ५ का तेजबहादुर बुढाथोकी
१४. सल्यानका १८ वर्षीय धनबहादुर बोहरा
१५. सल्यानको सिद्धकुमाख गाउँपालिका ४ का २८ वर्षीय लोकेश घर्ती
१६. सल्यानका ५२ वर्षीय दीपबहादुर बुढा
१७. दाङका २० वर्षीय भरत थापा
१८. सल्यानका शिव भण्डारी
१९. सल्यानको सिद्धकुमाख गाउँपालिका ५ का २६ वर्षीय निमबहादुर बादी
२०. सोही ठाउँका १८ वर्षीय देवेन्द्र बुढाथोकी
२१. सोही ठाउँका १७ वर्षीय ज्ञानबहादुर बोहरा