१३ सय मेगावाट बिजुली उत्पादन हुने
ऊर्जा संकट निवारण गर्दै आगामी वर्ष बिजुली उत्पादन उल्लेख्य हुनेछ।
अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष १३ सय मेगावाट बिजुली उत्पादन हुने बताएका हुन् । अर्थमन्त्री खतिवडाले माथिल्लो तामाकोशी, सान्जेन, रसुवागढी, मध्य भोटेकोसी जलविद्युत आयोजना सहितका आयोजनाबाट १३०० मेगावाट बिजुली राष्ट्रिय प्रसारणमा जोडिने बताएका छन् ।
अर्थमन्त्री खतिवडाले बिद्युतीय चुलो, विद्युतीय सवारी र उद्योगलाई सहुलियत प्रदान गरिने घाेषणा गरेका छन्।