नेपाली वायुसेवा कम्पनीलाई पार्किङ र पूर्वाधार शुल्क छुट
सरकारले नेपाली वायुसेवा कम्पनीलाई कोरोनाका कारण थलिएको समयको पार्किङ र पूर्वाधारको शुल्कमा छुट दिने भएको छ।
बन्दाबन्दीका कारण थलिएका वायुसेवा कम्पनीले पार्किङ शुल्कमा छुट पाउने व्यवस्था गरिएको अर्थमन्त्री युवराज खतिवडाले बिहीबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट बक्तव्यमा उल्लेख छ ।