अंक नराखी योजना आयोग र मन्त्रिपरिषदद्वारा बजेट पारित
मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्ले अंक नराखी बजेट पारित गरेको स्रोतले जनाएको छ । योजना आयोगले समेत बजेट पारित गर्दा अर्थमन्त्रीले बजेटको अंक खुलाएनन् ।
अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा बजेट वक्तव्य पढेपछि मात्रै बजेटको आकार खुल्नेछ । अर्थमन्त्रीले वाचन गरेको तथ्यांक राखेर बाँकी डकुमेन्ट प्रिन्ट गर्ने सांसदलाई बाँड्ने तयारी छ।
बजेटको आकारलाई गोप्य राख्न अर्थमन्त्री डा. खतिवडाले उच्च सतर्कता अपनाएको बताइन्छ । चालु आर्थिक वर्षमा रु. १५ खर्ब ३३ अर्बको बजेट घोषणा गरिएको थियो । आगामी आर्थिक वर्षमा स्रोत व्यवस्थापन चुनौतीपूर्ण भएकाले बजेटको आकार ठूलो नहुने अनुमान गरिएको छ।
संसदमा अर्थमन्त्री डा. खतिवडाले बजेट घोषणा गर्न ४ बजे समय तोकिएको छ।