राप्रपाले निशान छाप परिवर्तनको पक्षमा मतदान गर्ने
राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधन विधेयकलाई समर्थन गर्ने भएको छ ।
पार्टीका तीन अध्यक्षको बुधबार बसेको बैठकले निशान छाप परिवर्तन गर्न संसदमा पेश हुने संविधान संशोधन विधेयकलाई समर्थन गर्ने निर्णय गरेको हो ।
बैठकले विधेयकको पक्षमा मतदान गर्ने निर्णय पनि गरेको राप्रपा केन्द्रीय सचिवालयले जारी गरेको विज्ञप्ति जनाइएको छ ।