विशेष कारण देखाउँदै प्रदेशसभा बैठक स्थगित
प्रदेश नं ५ प्रदेशसभाको आजका लागि बोलाइएको बैठक स्थगन गरिएको छ । विशेष कारण जनाउँदै बैठक मंगलबारका लागि सारिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले सूचना मार्फत सोमबार बिहान ११ बजेका लागि निर्धारण गरिएकोे बैठक विशेष कारणवश बस्न नसकिने भएकाले बैठक स्थगित गरिएको जानकारी दिएका छन् ।
अर्को बैठक १३ जेठमा दिउँसो एक बजे बोलाइएको छ । आज ईद उल फित्रका अवसरमा गृह मन्त्रालयले सार्वजनिक बिदा दिएको छ । मन्त्रालयले यसअघि आइतबार ईद उल फित्रको सार्वजनिक बिदा घोषणा गरे पनि पुनः सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।