इदमा सार्वजनिक बिदा दिने निर्णय
सरकारले मुस्लिम धर्मालम्बीहरुको चाड इद उल फित्रको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले इदको सार्वजनिक बिदा दिने निर्णय गरेको छ । अघिल्लो वर्ष कटाइएको सार्वजनिक बिदा यसपटक सरकारले दिदै आएको छ ।
मन्त्रिपरिषद बैठकले इदको सार्वजनिक बिदा दिने निर्णय गरेपनि कुन दिन दिने भन्ने निश्चित भएको छैन । मुस्लिम धर्म गुरुहरुले तय गरेको दिन नै इदको बिदा दिइने भएको छ ।
मन्त्रिपरिषदको शुक्रबारकै बैठकले संविधान संशोधन प्रक्रिया अगाडि बढाउने निर्णय समेत गरेको छ । लिम्पियाधुरा सहित समेटेर राजनीतिक तथा प्रशासनिक नयाँ नक्सा जारी गरिएपछि संविधान संशोधन गरिने भएको छ । संघीय संसदमा संविधान संशोधन विधेयक लैजाने निर्णय गरिएको हो ।
प्रतिनिधिसभा बैठक १३ जेठमा बोलाइएको छ ।