अमेरिकापछि रुस र ब्राजिल कोरोनाभाइरसको ‘हटस्पट’, संक्रमितको संख्या तीन लाख नाघ्यो
स्पेन, इटाली, बेलायत, फ्रान्स लगायत मुलुकले कोरोनाभाइरसको संक्रमणदरमा नियन्त्रण गरिरहेका वेला रुस र ब्राजिल नयाँ ‘हटस्पट’ भएका छन् । संक्रमितको संख्या तीन लाखभन्दा माथि हुने देशमा अमेरिकासहित ब्राजिल र रुस मात्र छन्।
विश्वमै बढी संक्रमित हुनेको दोस्रो स्थानमा रुस र तेस्रो स्थानमा ब्राजिल छन् । रुसमा अहिलेसम्म तीन लाख १७ हजार ५५४ जना संक्रमित छन् । त्यहाँ पछिल्लो २४ घन्टामा करीब आठ हजार ९०० जना नयाँ संक्रमित फेला परेका छन् ।
ब्राजिलमा अहिलेसम्म तीन लाख १० हजारभन्दा बढी संक्रमित फेला परेका छन् । पछिल्लो २४ घन्टामा त्यहाँ करीब १७ हजार नयाँ संक्रमित भेटिएका छन् ।
ब्राजिलमा मृत्युदर पनि उच्च छ । पछिल्लो २४ घन्टामा ११ सय ५३ जनाको मृत्यु भएको छ । यही अवधिमा अमेरिकामा सबैभन्दा बढी १३ सय ५९ जनाको मृत्यु भएको छ । रुसमा भने १२७ जनाको मृत्यु भयो ।
अहिलेसम्म अमेरिकामा सबैभन्दा बढी ९६ हजार २९५ जनाको मृत्यु भएको छ । ब्राजिलमा २० हजार ४७ र रुसमा १२७ जनाको मृत्यु भएको छ ।