दशरथ रंगशालालाई क्वारेन्टिन बनाउने तयारी
सरकारले दशरथ रंगशालालाई क्वारेन्टिन बनाउने तयारी थालेको छ । कोभिड क्राइसिस म्याजेमेन्ट सेन्टर (सीसीएमसी) ले रंगशालालाई क्वारेन्टिन बनाउने प्रक्रिया थालेको हो ।
त्यसका लागि सीसीएमसीको टोलीले रंगशाला परिसरको अनुगमन गरेको छ । रंगशाला परिवार, राष्ट्रिय खेलकुद परिषदको कभर्डहल र मिनी कभर्ड हलको अनुगमन गरेको हो ।
राखेपले रंगशालालाई क्वारेन्टिन बनाउन सकिने बताइसकेको छ । राखेपले रंगशाला सहित खेलकुद क्षेत्रका संरचनाहरु क्वारेन्टिनका लागि प्रयोग गर्न दिने बताएपछि सीसीएमसीको टोलीले दशरथ रंगशालाको अनुगमन गरेको हो ।
रंगशाला क्वारेन्टिनका लागि उपयुक्त हुने भएकाले सीसीएमसीले यो प्रक्रिया अगाडि बढाएको जनाएको छ । देशभर बनेका क्वारेन्टिनमा बिहीबारसम्म २३ हजार २०२ जना बसिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।