सिभिल ब्यांक र सेलपेबीच डिजिटल भुक्तानी सेवाका लागि सहकार्य
सिभिल ब्यांक लिमिटेडले नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्न नेपाल राष्ट्रब्यांकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपे सँग सहकार्य गरेको छ ।
सहकार्य सम्झौतामा ब्यांकका उपप्रमुख कार्यकारी अधिकारी सुनिलकुमार पोखरेल र सेलकम प्रा.लि.का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् ।
सेलपे, सेलकम प्रा.लि.द्वारा संचालित, नेपाल राष्ट्र ब्यांकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो, जसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो ब्यांक खाता मार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ।
ग्राहकहरुले सेलपेमा आबद्ध गरी सकिएका अन्य ब्यांकमा वा त्यहाँबाट सिभिल ब्यांकको खातामा दर्ता गरिएको मोबाइल नम्बर मार्फत रकम स्थानान्तरण गर्न सक्नेछन् ।
ग्राहकहरुले सेलपे भुक्तानी सेवा रहेका स्थानहरुमा सेलपे मार्फत अन्य व्यापारिक भुक्तानी गर्न सक्नेछन् ।
यस मार्फत मोबाइलको टप–अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, टीभीहरुको बिल, स्वदेशभित्र गरिने रेमिट्यान्स पठाउन\पाउन, बीमा रकम भुक्तानी, ईएमआई भुक्तानी गर्न सकिने छ ।