गर्भवती बसेको घरको गेटको ताला खोलियो, तलाबाट तल झर्न प्रतिबन्ध
जाजरकोटबाट काठमाडौंको कीर्तिपुर आएकी गर्भवती र उनका आफन्त बसेको घरको गेटमा बाहिरबाट लगाइएको ताला बिहिबार दिउँसो खोलिएको छ ।
बुधबार साँझ जाजरकोटबाट एक गर्भवती र उनको श्रीमान् एम्बुलेन्सबाट कीर्तिपुर नगरपालिका वडा नं. १० स्थित आफन्तको डेरामा आएका थिए ।
बाहिरबाट मान्छे आएको भनेपछि स्थानीय र वडाध्यक्ष अमन महर्जसहितले बुधबार बेलुका छलफल गरेर बाहिर ननिस्कन । केहीबेरपछि स्थानीयको दबाब भन्दै वडाध्यक्ष महर्जनले नै गेटमा बाहिरबाट ताल्चा लगाइदिए । त्यो ताल्चा बिहीबार दिउँसो खोल्दिएको उनले बताए । वडाध्यक्ष महर्जनले भने, “मसहित स्वास्थ्यकर्मी गएर ज्वरो नाप्यौं, सबैको नर्मल रहेछ । तर बसिरहेको तलाबाट तल नझर्न भनिएको छ ।”
आकस्मिक केही प¥यो भने नजिकैको प्रहरी वा मलाई खबर गर्न भनेको छु, खाद्यान्नको व्यवस्था घर नजिकैको खाद्यान्न पसललाई भनिएको छ । खाद्यान्न लिँदा डोरीले बाल्टिन तल झार्ने र पसलबाट त्यसमा हाल्दिने र केही दिन नगद कारोबार नगर्ने गरी मिलाइएको वडाध्यक्ष महर्जनले बताए । उनले भने, “स्वास्थ्य सेवा विभागलाई जानकारी गराएर स्वाव परीक्षण गर्ने कुरा भएको छ, उहाँहरु भोलि वा पर्सी आउँछु भन्नुभएको छ ।”
तर गर्भवती, उनका श्रीमान् र त्यहीँ कोठामा बस्दै आएकी गर्भवतीकी बहिनी भने आफूहरु सबै जना तनावमा परेको बताउँछिन् ।
उनले हिमालसँग भनिन्, ताल्चा खोल्नु भएछ । ज्वरो नाप्दा सबैको सामान्य देखियो तर तलाबाट तलै नझर्न भनेकाले मानसिक तनावमा छौं ।
उहाँहरु पनि घर भित्रै बसेर एकै पटक एम्बुलेन्समा आएको मान्छे हो भन्यौं तर पत्याएनन् । सहयोग गर्छु भने पनि अमानवीय व्यवहार भइरहेको महसुस भइरहेको छ, ती बहिनीले भनिन् ।