सरकारको कोषमा यती समूहको रु.एक करोड सहयोग
कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार गर्न सरकारले स्थापना गरेको कोषमा यती समूहले रु.एक करोड सहयोग गरेको छ।
समूहका अध्यक्ष लाक्पा सोनाम शेर्पाले कोषमा सहयोग रकम हस्तान्तरण गरेका हुन् । उनले रु.एक करोडको चेक बुझाएका छन्। चेक हस्तान्तरण पछि अध्यक्ष शेर्पाले मुलुकलाई आइपरेको विपदबाट जोगिन थप सहयोग समेत गर्ने प्रतिबद्धता जनाए ।
सरकारले स्थापना गरेको कोषमा सहयोगका लागि अपिल समेत गरिएको छ। उक्त कोषमा प्रधानमन्त्री सहित उच्च सरकारी अधिकारीहरुले समेत सहयोग गरेका छन्। प्रदेश स्तरमा समेत कोषमा रकम संकलन हुने क्रम जारी छ भने अन्तर्राष्ट्रिय निकायहरुबाट समेत सहयोग जुटिरहेको छ।