उपचार कोषमा इन्भेष्टमेन्ट ब्याङ्ककाे रु.१ करोड सहयोग
नेपाल इन्भेष्टमेन्ट ब्याङ्क (एनआईबीएल) ले कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रु एक करोड सहयोग गर्ने भएको छ ।
कोभिड–१९ महामारीविरुद्ध देशले शुरु गरेको पहलमा कर्पाेरेट सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले कोषमा रकम दिने जनाएको छ ।
एक प्रेस विज्ञप्ति जारी गर्दै ब्याङ्कले कुनै पनि कठिन समयमा देश र जनतालाई मद्दत गर्न ब्याङ्क प्रतिवद्ध रहेको जनाएको छ ।
एनआईबीएलको देशभर ८२ शाखा छन् ।