HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
मानवअधिकार आयोगले भन्यो- ‘द्वन्द्वपीडितलाई न्याय सुनिश्चित गर’ राष्ट्रिय मानवअधिकार आयोगले सशस्त्र द्वन्द्वका क्रममा भएका गम्भीर मानवअधिकार उल्लंघनमा संलग्नलाई कारबाही गर्न सरकारलाई आग्रह गरेको छ। विस्तृत शान्ति सम्झौता भएको १४ वर्ष पूरा भएको अवसरमा बिहीबार विज्ञप्ति सार्वजनिक गरी आयोगले पीडितको न्याय प्राप्तिको अधिकार सुनिश्चित गर्न भनेको हो।
सर्वोच्चमा वामदेवविरुद्ध परेको मुद्दाको सुनुवाइ हुँदै सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा गरिएको मनोनयनविरूद्ध परेको मुद्दामा बुधबार सुनुवाइ गर्दैछ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा १६ असोजमा सुनुवाइ भएयता यो मुद्दाको सुनुवाइ हुन सकेको थिएन।