HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेपाली कांग्रेस
प्रकाशशरण महत भन्छन्- 'कांग्रेसको महाधिवेशन सर्न सक्छ' नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीको  फागुनमा गर्ने भनिएको महाधिवेशन केही समय सर्न सक्ने बताएका छन्। काँग्रेस दाङले आज घोराहीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई संम्बोधन गर्दै उनले कोरोना भाइरसको जोखिमका कारण बन्दाबन्दी हुँदा चारपाँच महीना पार्टीले तयारी गर्न नसकेकाले फागुनमै महाधिवेशन गर्न समस्या देखिएको स्पष्ट पारे।
कांग्रेसले नेता केसीको शोकमा तीन दिन देशैभरका कार्यालयमा झण्डा आधा झुकाउने नेपाली कांग्रेसले पार्टीका नेता सूर्यबहादुर केसीको शोकमा तीन दिन केन्द्रीय कार्यालयसहित देशैभरका कार्यालयमा झण्डा आधा झुकाउने भएको छ। सोमबार राति निधन भएका प्रतिनिधि सभा सदस्य समेत रहेका नेता केसीको शोकमा कांग्रेसले १८, १९ र २० कात्तिकमा देशैभरका कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो।