HimalKhabar.com :: A Complete Nepali Political News Portal
घर फर्किंदै समुद्रपार पुर्‍याइएका देउता चोरिएका देवदेवीका मूर्तिहरूको स्वदेश फिर्ती सवारी हुन थालेसँगै यसलाई प्रभावकारी र व्यवस्थित ढंगबाट सञ्चालन गर्न नागरिकको सहभागितामा ‘अन्तर्राष्ट्रिय मूर्ति फिर्ता अभियान’ थाल्नुपरेको छ। सँगै यी देवदेवीलाई पुरानै थलोमा पुनःस्थापना गर्ने पहलकदमी समेत अत्यावश्यक छ।
हरित उपत्यका महात्म्य सिमेन्ट संरचना र कंक्रिट सोचले उपत्यकाको हरियाली त मासिसक्यौं तर शहरभित्र र वरिपरिका बचेका जङ्गलहरूलाई संरक्षण गर्ने हो भने आज पनि हराभराको सपना साकार पार्न सक्छौं ।