HimalKhabar.com :: A Complete Nepali Political News Portal
अक्षम्य आर्थिक असमानता अनेकन् असमानताले युगौंदेखि थलिएको नेपाली समाज अहिले पनि यही विषम मनोदशामा छ, जसको बोध हाम्रा शासक र राजनीतिक नेतृत्वमा हुनुपर्छ।
भूमिहीनलाई भूमि किन ? जमीन मात्र दिएर भूमिहीनको समस्या समाधान भइहाल्दैन, तर माटोसँगको अपनत्वले उनीहरूलाई आत्मसम्मान दिलाउँछ, नागरिक हुनुको कर्तव्यबोध गराउँछ। त्यसैले भूमिहीनको समस्या समाधान भनेकै कुनै ‘यदि र तर’ विना निशर्त भूमि उपलब्ध गराउनु हो।
'अहिलेको राजनीतिले  कसैलाई फूल त कसैलाई काँडा देखिरहेको छ' अन्तर्वार्ता
'अहिलेको राजनीतिले कसैलाई फूल त कसैलाई काँडा देखिरहेको छ' ३ असोज २०७२ मा संविधान जारी हुनुअघिको एक साताअघिसम्म पनि मुलुकलाई सञ्चो थिएन । संविधान जारी गर्नै नहुने पक्षमा एकथरी आन्दोलनकारी सडकमा थिए भने छिमेकी देश भारत यी आन्दोलनकारीको माग सम्बोधन नगरी संविधानलाई ‘स्वीकार’ नगर्ने दबाब दिइरहेको थियो । नेपाली–नेपालीमा सद्भाव भड्किएला कि भन्ने आशंका हरेकको ह्रदयमा चलेको ठीक यही बेला 'हिमाल खबरपत्रिका' ले नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठसँग वार्ता गरेको थियो । १५ साउनमा ऊनैं दुर्गालालको ८५ औं जन्मदिनका अवसर पारेर उनीसँगको वार्तालाई पुनःप्रकाशन गरेका छौं ।