HimalKhabar.com :: A Complete Nepali Political News Portal
भारत वार्ता नगरी बस्न सक्दैन [भिडियो ब्लग]
भारत वार्ता नगरी बस्न सक्दैन [भिडियो ब्लग] नेपालले जारी गरेको नयाँ नक्शा र यसको संवैधानिक हैसियतसँगै हाम्रा लागि कालापानी–लिपुलेक–लिम्पियाधुराको पहिचान भारतद्वारा अतिक्रमित भूमि बन्नपुगेको छ । यसको प्राप्तिका लागि नेपाली प्रयत्न वार्ता र मात्र वार्ता हुनसक्छ। यसै सन्दर्भमा स्वीट्जरल्याण्डको लुजान युनिभर्सिटीमा अर्थ–राजनीतिका शोधार्थी लेखनाथ पौड्यालको भिडियो ब्लग:
दिल्लीधामका तीर्थयात्री
दिल्लीधामका तीर्थयात्री - लेखनाथ पौड्यालप्रधानमन्त्री दाहालले मुलुकको सम्प्रभुता, आन्तरिक र अन्तर्राष्ट्रिय मामिलामा आत्मनिर्णयको अधिकारसँगै अन्तर्राष्ट्रिय जगतमा हाम्रो हैसियतलाई कुण्ठित गर्ने प्रसाद चढाए, दिल्लीधाममा।आफ्नो परम्परागत सुरक्षा छाताभित्रको देश ठान्ने नेपालमा पनि प्रभाव जमाउन नसकेको हीनताबोध दिल्लीका शासकहरूमा थियो। र, प्रधानमन्त्री दाहाललाई यसले पनि पर्याप्त 'शंकाको लाभ' दिएको थियो। तर, दिल्लीमा उनको 'नेगोसिएसन पावर' होइन, लघुताभाष देखियो। भारतको सूक्ष्म व्यवस्थापनको चाहनाले बिथोलेको नेपाल―भारत सम्बन्धलाई पुनःपरिभाषित गर्दै नयाँ उँचाइको सम्बन्धको शुरूआतका लागि पहलकदमी लिनुपर्नेमा प्रधानमन्त्री दाहालले न नेपालको संविधानबारेको भारतको पूर्ववर्ती अडानलाई पुनरावलोकन गराउन सके, न यो विषयमा नेपाल–भारतबीचमा रहेको असमझदारीलाई कम गर्न।