HimalKhabar.com :: A Complete Nepali Political News Portal
कर्मठ कर्मयोगी
कर्मठ कर्मयोगी मन्त्री हुँदा पनि डा. उपेन्द्र देवकोटा मन्त्रालयको काम सकेपछि राति अवेर अस्पताल पुगेर बिरामीको शल्यक्रिया गर्थे ।
गुल्जार सगरमाथा
गुल्जार सगरमाथा लगातारको हिमपहिरो दुर्घटनाको शोकपछि तंग्रिएको सगरमाथा आरोहणमा यस वर्ष देखिएको उत्साहले पर्यटन उद्योगमा आशा जगाएको छ।
होमस्टेबाट छोटो समयमै समृद्धि
होमस्टेबाट छोटो समयमै समृद्धि नवलपरासीको अमलटारीमा छोटै समयमा समृद्धि ल्याएको 'होमस्टे' संरक्षणका लागि पनि उदाहरणीय बनेको छ।अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेले यसवर्ष सन् २०१६ को नोभेम्बरसम्म होमस्टेबाट रु.६९ लाख ६७ हजार ९५०, सांस्कृतिक कार्यक्रमबाट रु.९ लाख ६३ हजार र नेचर टूरबाट रु.८ लाख ९५ हजार ३५८ गरी जम्मा रु.८८ लाख २६ हजार ३०८ आम्दानी गरिसकेको छ। यो आयको मुख्य स्रोत आन्तरिक पर्यटक नै हुन्। नोभेम्बरसम्म अमलटारी आएका नेपालीको संख्या ११ हजार ९९८ छ भने सार्क क्षेत्रका ४२ र अन्य देशका ४० जना मात्र छन्। खर्च गर्नमा पनि नेपाली नै अगाडि रहेको होमस्टे संचालकहरूको अनुभव छ।