HimalKhabar.com :: A Complete Nepali Political News Portal
संकटमा पानी बिरालो, संरक्षणको चासो छैन
संकटमा पानी बिरालो, संरक्षणको चासो छैन पानी बिरालो मध्यम आकारको, खुट्टा छोटो र शरीर ठूलो भएको जनावर हो। औसत तौल ५–१६ किलोग्राम हुन्छ भने शरीरको लम्बाइ ५७–७८ सेन्टिमिटर तथा पुच्छर २०–३० सेन्टिमिटर हुन्छ। यसको भुत्ला पानी प्रतिरोधी हुने हुँदा पानीमा पनि शिकार गर्न सक्छ। त्यसैले यो अरु प्रजातिका बिरालो भन्दा फरक तथा विशिष्ट छ।