आईसीयू वेडको खोजीमा भौतारिंदै कोरोना संक्रमित
अहिले काठमाडौंमा कोरोना संक्रमितको उपचार गर्ने सबै अस्पताल भरिएका छन्। यसैकारण कोरोना संक्रमितले आवश्यक उपचार सेवा पाउन सकेका छैनन्, भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमितलाई दिनु पर्ने आवश्यक परामपर्श सेवा प्रभावकारी बनाउन सकेको छैन।
स्वास्थ्य संरचनाले धान्दैन २५ हजारभन्दा धेरै कोरोना संक्रमितको उपचार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा सरकारलाई बन्दाबन्दी गर्न सिफारिस गर्ने निर्णय गरेको छ।