HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेपाल प्रहरीमा ‘हान्ने र ठोक्ने’को जगजगी
नेपाल प्रहरीमा ‘हान्ने र ठोक्ने’को जगजगी गृह मन्त्रालयले ‘जनकारबाही’ शैलीमा अघि बढाएका गतिविधिको हतियार बनेको नेपाल प्रहरीलाई त्यसकै आगोले लपेट्दैछ ।
सेनाको द्रव्य मोह: ऐतिहासिक अस्पताल मासेर व्यापारिक भवन
सेनाको द्रव्य मोह: ऐतिहासिक अस्पताल मासेर व्यापारिक भवन ऐतिहासिक त्रि–चन्द्र मिलिटरी हस्पिटल मासेर नक्शा समेत पास नगरी हतार–हतार बिजनेश कम्प्लेक्स बनाएको जंगी अड्डा अहिले महानगरलाई प्रमाणपत्रका लागि दबाब दिइरहेको छ। सैनिक नेतृत्वको पैसा मोह र विधि मिच्ने शृंखलाको खुलासा।
स्थिरताका लागि सबल प्रतिपक्ष
स्थिरताका लागि सबल प्रतिपक्ष जनजीविकाका मुद्दा बोक्ने र सत्तााको स्वेच्छाचार रोक्ने बलियो प्रतिपक्ष हुनुपर्ने राजनीतिक मान्यता संसदीय लोकतन्त्रको मर्म हो । नयाँ राजनीतिक व्यवस्थामा अभ्यस्त हुँदैगरेको मुलुक यसकै संकटबाट गुज्रिंदैछ ।५५:४५ को शक्ति सन्तुलन नै बलियो प्रतिपक्षको अवधारणा हो । यसको मर्म के हो भने सत्तापक्ष बेलगाम हुँदैन, ऊसँग स्वेच्छाचारी भएर अघि बढ्ने तागत हुँदैन । गत दुई दशकको अभ्यासले भने जे नहुनुपर्ने हो, त्यही भएको देखाउँछ । प्रतिपक्ष जहिल्यै सत्तामुखी भइरह्यो । निर्वाचनले को सत्तामा र को प्रतिपक्षमा भन्ने छिनोफानो गरे पनि प्रतिपक्षमा बस्न कोही तयार भएन । जनमतबाट सत्ताका लागि अनुमोदित नभएको दल त्यसलाई स्वीकार्न र सरकारका कामकारबाहीबारे आफ्नो वैकल्पिक दृष्टिकोण बनाएर अर्को निर्वाचनमा जाने अभ्यास हुनै सकेन ।