शुक्रबार, चैत २५, २०७३ मुस्ताङका रैथाने वनस्पति

अद्भुत प्राकृतिक सौन्दर्यले भरिएको हिमाली जिल्ला मुस्ताङमा संसारमै नपाइने वनस्पति पाइन्छन् भन्ने कुरा कमैलाई मात्र थाहा छ।  नेपाल बाहेक अन्यत्र कतै नपाइने रैथाने वनस्पतिका प्रजाति हिमाली जिल्ला मुस्ताङमा प्रशस्तै पाइन्छन्। हालै यस्तै एउटा प्रजाति पत्ता लागेको छ– पोवा मुक्तिनाथेन्सिस्।

अनुसन्धानहरूले नेपालमा अहिलेसम्म भेटिएका ३२४ वनस्पतिका प्रजातिमध्ये ३४ प्रजाति मुस्ताङमा पाइएको उल्लेख गरेका छन्। ती वनस्पति संसारकै अमूल्य निधि हुन्, प्रकृतिको अनुपम सिर्जना हुन्, घाँस र बुट्यान मात्र होइनन्। यी वनस्पति मुस्ताङमा नाश भए, फेरि प्रकृतिमा कहिल्यै पाउन सकिन्न।

विस्तृत