विहार निर्वाचनमा वामपन्थी: २९ स्थानमा उम्मेद्वारी दिएर १६ सिट कब्जा
भारतको विहारमा सम्पन्न विधानसभा निर्वाचनमा योपटक वामपन्थी पार्टीहरूले उम्मेद्वार उठाएका अधिकांश स्थानमा जित हासिल गरेका छन्। तेजस्वी यादवको महागठबन्धनमा सामेल तीनवटा वामपन्थी पार्टीहरूले कुल २९ वटा सिटमा उम्मेद्वार उठाएकोमा १६ वटा सिटमा जित हासिल गरेका छन्।
देशभरका कार्यकर्तासँग भर्चुअल छलफल गर्दै राप्रपा अध्यक्ष थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा देशभर छरिएर रहेका नेता, कार्यकर्तासँग भर्चुअल छलफल गर्न थालेका छन्। कोभिड-१९ को महामारीका कारण राजनीतिक गतिविधि ठप्प भएको समयमा राप्रपा अध्यक्ष थापा देशव्यापी रूपमा नेता, कार्यकर्तासँग भर्चुअल बैठकमा व्यस्त बनेका हुन्।