म्युजिक भिडियोमा लगानी:  चर्चाको भोक म्युजिक भिडियोमा लगानी: चर्चाको भोक बुधबार, असोज १२, २०७३

लगानी अनुसार प्रतिफल, अर्थशास्त्रको सामान्य नियम हो। तर, नेपालमा बनिरहेका म्यूजिक भिडियोको हकमा यो लागू हुँदैन। नाफा त परै जाओस्, लगानी समेत उठ्दैन। 

म्यूजिक भिडियोमै सही, मोडलसँग रोमान्स गर्नेहरूमा स्वदेशमै पैसा कमाएका तर नाम नसुनिएका पनि प्रशस्त छन्। “कति त घरजग्गा वा बस्तुभाउ बेचेर समेत म्यूजिक भिडियो खेल्न आएका छन्”, निर्देशक शैलेन्द्र खोकाली भन्छन्। यसबाहेक यस्ता लगानीकर्ता पनि हुन्छन्, जो आफूलाई भिडियोमा देखाउन चाहँदैनन्। आफ्नो प्रेमी/प्रेमिकाको रहर पूरा गरिदिन उनीहरू चूपचाप पैसा खर्चन्छन्। 'डेब्यु' निर्देशक आफ्नै लगानीमा आफैं मोडल बनेका म्यूजिक भिडियो पनि थुप्रै छन्।

विस्तृत