वन, बिजुली र नरे वन, बिजुली र नरे मंगलबार, असोज २५, २०७३

वसन्त थापा
वैशाखको लामो दिन, त्यस्तै तीन–चार बजेको हुँदो हो । कुनै हतार थिएन घर जानलाई । हामी आरामसाथ चौतारामा गफिंदै थियौं आफ्नै सुरमा ।अचानक झाडीबाट ६ जना लाठे झवास्स देखापरे हाम्रा अघिल्तिर । हामी अकमकायौं । उनीहरू पहिले कसैलाई लक्ष्य नगरी 'गह्रौं भयो भारी, हामी सघाइदिऊँ?' भन्न थाले  त्यसपछि बिजुली दिदीलाई सोझै लक्ष्य गरेर अनेकओली भन्दै जिस्क्याउन थाले ।

हामीले रोइकराई घटना विवरण बतायौं । मीतबा आफ्नी मासुकालाई हाम्रो साथमा छाडेर अपहरणकारी दल गएतर्फ हान्निए, टार्जनले झैं पोथ्रालाई नाघ्दै, कान्ला उफ्रंदै । शायद बिजुली उनको नजिककै नाता पर्थिन् ।

 

विस्तृत