01 कैलालीमा समृद्धिको संभावना

हिमालखबर बुधबार, चैत २, २०७३

कैलालीमा कृषि, कृषिजन्य उद्योग र कृषि पर्यटनका लागि चाहिने सबथोक छ। यो तालहरूको जिल्ला पनि हो। तिनैमध्येको एक घोडाघोडी तालमा पर्यटक आकर्षित गर्न स्थानीय स्तरबाट सक्दो प्रयास पनि भएको रहेछ। यसमा पर्याप्त लगानी र प्रचार–प्रसार भने हुनसकेको छैन, जबकि यसमा बहुउद्देश्यीय काम गर्न सकिन्छ।

नेपालीको पिच्चपिच्च थुक्ने बानीबारे विदेशीहरूले पनि लेखेका छन्। डा. अरुणा उप्रेतीका अनुसार, उनी सवार माइक्रोबसका चालकले काठमाडौंबाट दोलखा पुग्दा तीनसय पटक थुकेछन्। लाग्छ, यो जीवनकालमा ती चालकले बाटोमा थुक्ने बानी छाड्न सक्ने छैनन्।

विस्तृत
मरण र शोकको मूल्य मरण र शोकको मूल्य

कनकमणि दीक्षित सोमबार, फागुन ३०, २०७३

मरण/हत्या हुनासाथ पनि ‘शहीद’ घोषणा गर्ने माग आउँछ, मन्त्रिपरिषद्बाट रु.१० लाख दिने निर्णय अनि सबै आ–आफ्नो बाटो । तर ढिलोचाँडो जवाफदेही गराइछाड्ने अठोट लिनुपर्छ, सच्चा नागरिकले ।

विस्तृत
ग्रामर गुरु: चूडामणि गौतम ग्रामर गुरु: चूडामणि गौतम

शनिबार, फागुन २८, २०७३

२०३७ सालमा प्रकाशित भएर लाखौं प्रति बिक्री भइसकेको चूडामणि गौतमको अंग्रेजी ग्रामर पढ्नेहरूको संख्या बढेको बढ्यै छ।

चूडामणि गौतमको ९४औं पुस्तक हो– 'गौतम नेपाली बगली कोश'। २०३५ सालमा 'आभास' कविता संग्रहमार्फत पुस्तक संसारमा आएका उनको ९५औं पुस्तक 'वर्णविन्यासघातीहरू कानूनको कठघरामा' आगामी चैतभित्र प्रकाशन हुँदैछ। 

विस्तृत
विवाद हल गरिदेऊ विवाद हल गरिदेऊ

कनकमणि दीक्षित सोमबार, फागुन २३, २०७३

सम्पदा पुनःनिर्माणमा आधुनिक सामग्री र प्रविधि प्रयोग गर्न मिल्ने वा नमिल्ने बहसमा निकास चाहिएको छ ।

विस्तृत
मोन्लमः आत्मरतिको खतरा मोन्लमः आत्मरतिको खतरा

वसन्त महर्जन शनिबार, फागुन २१, २०७३

तिब्बती शब्द 'मोन्लम' को नेपाली अनुवाद नगरिंदा यो अन्यत्र कहीं नभएको विशेष संस्कार–संस्कृति नै पो हो कि भन्ने भ्रम परेको देखिन्छ। अझ सञ्चारमाध्यमले त बुद्धको जीवनकाल (इ.पू. ५६३–४८३) का अनेकौं परम्परामा मोन्लम मात्र जीवित रहेको जस्ता आशयका समाचार, आलेख आउँदा झनै अलमल हुने अवस्था आयो।

एकैपटक एकभन्दा बढी सञ्चारमाध्यममा उही प्रकृतिका समाचार आउनुले स्रोतले नियोजित रूपमा यसखाले अफवाह फैलाउन खोजेको प्रष्ट हुन्थ्यो।

गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई तथ्य र स्वैरकल्पनाको अतिशय वर्णनबाट बचाउनुपरेको छ।

विस्तृत
थाइरोइडको हैरानी थाइरोइडको हैरानी

शनिबार, फागुन २१, २०७३

थाइरोइडको ९० प्रतिशत गडबडी यसको कम कामगराइले हुन्छ। यस्तो बेला राति मज्जाले ९–१० घण्टा सुते पनि थकाइ र आलस्य महसूस हुन्छ। त्यस्तो बेला शरीरका विभिन्न भागमा पानी थेग्रिएर तौल बढ्छ। मूड बिग्रने, अवसाद र चिन्ता लाग्ने हुन्छ। खाना कम नै खाए पनि तौल बढ्ने हुन्छ। जोर्नी र मांसपेशीहरू दुख्छ। थाइरोइडको कामगराइ कम भएको व्यक्तिमा जाडो महसूस हुने, हातखुट्टा चिसो हुने, शारीरिक तापक्रम पनि सामान्य भन्दा कम हुने हुन्छ।

विस्तृत
हाम्रा नेता र तिनका भारी हाम्रा नेता र तिनका भारी

कनकमणि दीक्षित शुक्रबार, फागुन २०, २०७३

आफ्नो चश्मामा रहेको धूलो–दाग पुछौं र हाम्रा नेतालाई फेरि एकपटक नियालौं। अब स्थानीय निर्वाचनद्वारा फेरि मुलुकभर लोकतन्त्र पुनर्जागरण गर्ने हो, र यसका साथ जन्माउने हजारौं हजार भोलिका नेता।

विस्तृत
चियाः स्वाद र सम्पर्क चियाः स्वाद र सम्पर्क

कनकमणि दीक्षित बुधबार, फागुन ११, २०७३

वाइन जस्तै चियाको पनि विभिन्न पहिचान र आयाम हुन्छन्, ग्रीन टी, अर्थडक्स, लिफ् या धूलो मात्र होइन, बिरुवा, मुना र पातले अनि माटो, पाखा, उँचाइ, घाम, पानी र लन्जिट्यूड–ल्याटिट्यूडले पनि फरक–फरक स्वाद र तयारीको तौरतरीका सुझाउँछ।

विस्तृत
भ्यालेन्टाइन्स् डे र चुम्बन भ्यालेन्टाइन्स् डे र चुम्बन

मंगलबार, फागुन ३, २०७३

मानिसहरुबीच भौतिक वा भावनात्मक सम्बन्धलाई प्रगाढ बनाउने चुम्बन रोग सार्ने माध्यम पनि हो।

विस्तृत
एउटा सुकिलामुकिलाको बयान (हिमाल अर्काइभबाट) एउटा सुकिलामुकिलाको बयान (हिमाल अर्काइभबाट)

हिमालखबर आइतबार, फागुन १, २०७३

'जनयुद्ध' को थालनी भएको वर्ष जन्मेकाहरू २० वर्ष पुगीसके। विडम्बना, उनीहरूले माओवादी विद्रोहले कुनै समानता नल्याएको बरु थिलथिलो पारेको समाजमा संघर्ष गर्नुपर्नेछ।

त्यसमाथि, एक दशक अगाडिको जनआन्दोलनको म्यान्डेटमा सत्तासीन राजनीतिको शीर्ष तह पनि जनभावना भन्दा धेरै टाढा छ।

विस्तृत
गर्भपूर्वको परामर्श गर्भपूर्वको परामर्श

शनिबार, माघ २२, २०७३

विस्तृत
बुज्रुग पत्रकार पन्नालाल गुप्त  बुज्रुग पत्रकार पन्नालाल गुप्त

विहीबार, माघ २०, २०७३

२०११ सालदेखि पत्रकारिता शुरु गरेका पन्नालाल गुप्त 'चाचाजी' २०४६ को जनआन्दोलन, त्यसपछिको सशस्त्र माओवादी विद्रोह र २०६२/६३ को जनआन्दोलनमा सम्झनलायक रिपोर्टिङमै खटिए। उनी ८८औं जन्मदिन मनाउँदासम्म समाचार लेखन र सम्पादनकै दुनियाँमा छन्।

विस्तृत
सुदूरका प्रेरणा सुदूरका प्रेरणा

सोमबार, माघ १७, २०७३

शरीरको अवसानले साहित्यकारको आयू निर्धारण गर्दैन। ओझा पनि साहित्यप्रतिको अनुराग र कृतिहरुका कारण सधैं सम्झिइरहने छन्।

विस्तृत
जयपुरको ‘सफ्ट पावर’ जयपुरको ‘सफ्ट पावर’

कनकमणि दीक्षित सोमबार, माघ १७, २०७३

देशमा लिटरेचर फेस्टिभलहरू जति भए पनि पुग्दैन । सल्काउन मात्र सकिए मानव मस्तिष्कमा अपार जिज्ञासा र चाहना छ– फिक्सन र नन्फिक्सन सामग्रीले मात्र यसको माग पूर्ति गर्न सक्दछ ।

विस्तृत
छोरा, अब नेपाल बन्दैछ ! छोरा, अब नेपाल बन्दैछ !

दिनकर नेपाल शुक्रबार, माघ १४, २०७३

-दिनकर नेपाल
तिमी आउँदा-आउँदै काठमाडौंमा जताततै धुलोले तिमीलाई स्वागत गर्नेछ। कति पटक तिमीलाई मुखमा मास्क लगाएर यता र उता हिंडाउनपर्दा तिम्री आमा मसँग रिसाउनुहोला ।
कति पल्ट मलाई नभने पनि उहाँलाई पछुतो हुनेछ। 

यहाँ समस्याहरु धेरै छन् तर, समस्या नभएको त कुन ठाउँ हुन्छ र ? म मान्छु, अहिले भत्केका धेरै कुराहरु मिलाउन पर्ने छ। तर यो बाहेक मेरो अर्को घर छैन बाबु। नेपाल बाहेक मेरो अर्को विकल्प नै छैन!

त्यसैले यहाँ नै मेरो भविष्य खोज्न र यहाँ नै तिम्रो भविष्य खोज्न म वाध्य छु। तिमीलाई यो बाध्यता मेरो 'पागलपन'ले पारेको हो तर यसमा मलाई ग्लानि छैन किनकि मलाई पुरा विश्वास छ छोरा - अब नेपाल बन्दैछ !

विस्तृत
दुःख गर्ने, सुखको सपना देख्ने दुःख गर्ने, सुखको सपना देख्ने

विष्णु रिमाल मंगलबार, माघ ११, २०७३

विष्णु रिमाल
दुःख लागिरहेछ, यदि  रंगकर्मी विष्णुभक्त फुँयालसँगको यो नै अन्तिम संवाद हुनेछ भन्ने थाहा भएको भए शायद संवाद लम्ब्याउँथे होला । घतलाग्दा कति विषयमा चर्चा गर्थें होला ?

“म त खङ्ग्रङ्गै भएँ । के भन्नु, त्यहाँ आउनेलाई मैले ठटाउने भनेको छु भन्नु ? मैले राम्रो छ, गए हुन्छ भनें र आफू चाहिं लागें होटल अन्नपूर्णमा ।”

विस्तृत
पालुंगो साग विश्वलाई नेपालको उपहार पालुंगो साग विश्वलाई नेपालको उपहार

शुक्रसागर सोमबार, माघ १०, २०७३

आज विश्वभर लोकप्रिय बनेको पालुंगो पाटनका तेपे अर्थात् व्यञ्जनकारहरूको आविष्कार हो । राजा नरेन्द्रदेवले चिनियाँ बादशाहलाई वाङ्हुयेन्चेको हातमा पालुंगो सौगात पठाएका थिए । त्यही पालुंगो चीनबाट रेशममार्गहुँदै अरब राष्ट्र र यूरोप पुग्यो । 

विस्तृत
दूध खाँदा होशियार दूध खाँदा होशियार

शनिबार, माघ ८, २०७३

राम्रोसँग नउमालेको दूध खाँदा कोलिफर्म (व्याक्टेरिया), भाइरस, फङ्गस (ढुसी) लगायतका कारणले संक्रामक रोग लाग्छ।

विस्तृत
गोरखापत्रका पुरेत: कमलमणि दीक्षित गोरखापत्रका पुरेत: कमलमणि दीक्षित

हिमालखबर शनिबार, माघ ८, २०७३

कमल दीक्षित (कदी) को जन्म हुँदा गोरखापत्र (गोप) को उमेर २८ वर्ष भइसकेको थियो, तर कालान्तरमा कदी नै गोपका 'पुरेत' कहलिए।

विस्तृत
कदी अर्थात् मदन पुरस्कार “अभिलेखालय” कदी अर्थात् मदन पुरस्कार “अभिलेखालय”

हिमालखबर बुधबार, माघ ५, २०७३

बाल्यकालीन सोखले किताब संकलन गर्न थालेका कमलमणि दीक्षित कालान्तरमा आफैं 'अभिलेखालय' हुन पुगे।

विस्तृत
फैलिएको सुवास फैलिएको सुवास

हिमालखबर मंगलबार, माघ ४, २०७३

माधवप्रसाद घिमिरे
डालीबाट कमल झरेर गए पनि वासना फैलिरहेकै छ। 

आफू कवि भएकाले मैले कमलमणिलाई सधैं कविताको पक्षबाट हेरें। हुन पनि उनमा कविता बुझ्ने र कवितालाई प्रेम गर्ने एउटा विलक्षण खूबी थियो। उनको त्यो विलक्षण प्रतिभा उर्दू कविताका सन्दर्भमा पनि उत्तिकै देखियो। उर्दू जान्ने भएकोले उनी उर्दू कविताको जानकार र मर्मज्ञ थिए युवावयमै।

विस्तृत
निर्माता पुस्ता निर्माता पुस्ता

कनकमणि दीक्षित मंगलबार, माघ ४, २०७३

-कनक दीक्षित
यो छोराको आँखाले कमलमणि दीक्षितलाई 'रेनेसान्स पुरुष' देख्दछ, र आधुनिक नेपालको निर्माता पुस्ताको प्रतिनिधि पात्र। त्यति थोरै व्यक्तिहरूको कत्रो ठूलो योगदान छ!

नेपाल राज्यको आजसम्मको 'मोमेन्टम्' यो 'निर्माता पुस्ता' ले हामीलाई दिएको सौगात हो। इतिहासले सुम्पेको राष्ट्र–राज्य (नेशन–स्टेट) को वजन र सम्भावना उनीहरूले बुझे, र सार्वभौमिकताको सौगातलाई आत्मसात् गर्दै यो भूगोल फलिफापको माध्यम बनोस् भनेर लागे।

विस्तृत
मूर्ति छोई मुस्कान मूर्ति छोई मुस्कान

केदार शर्मा मंगलबार, माघ ४, २०७३

-केदार शर्मा
दादाको शेषपछि नेपाली अक्षर, नेपाली लेखक र नेपाली किताबलाई उहाँले जस्तो आफ्नोपन कसरी दिन सकिएला!

यो लेख लेख्ने क्रममा राष्ट्रकविसित बोल्न मन लाग्यो। फोनमा उहाँले भन्नुभयो, “तपाईं आउनुहोस्, उहाँका बारेमा म धेरै कुरा भन्छु।” मैले इलामबाट फोन गरेको बताएपछि उहाँले त्यसो भए म एकै वाक्यमा उहाँका बारेमा बोल्छु भन्दै आदर र स्नेह भरिएको स्वरमा टिपाउनुभयो, “कमलको फूल झरेर गयो, त्यसको नामको सुवास सधैं मगमगाइरहनेछ।”

विस्तृत
'यत्ति गरें' 'यत्ति गरें'

रुपा जोशी आइतबार, माघ २, २०७३

दाइहरूसँगै बुवालाई दागबत्ती दिई अस्तु हातमा लिएर वागमतीमा सेलाउँदा शोकविह्वल मेरो मनमा एक किसिमको तरंग (शायद सन्तुष्टिको !) संचार भइरहेको थियो ।

विस्तृत
अप्रतिम भाषासेवी अप्रतिम भाषासेवी

शरच्चन्द्र वस्ती आइतबार, माघ २, २०७३

नेपाली भाषाले आजसम्म पाएका सबैभन्दा बहुमूल्य रत्न हुन्– कमलमणि । सबै भाषाले यस्ता मणि पाउँदैनन्, पाउनेले पनि एउटा भन्दा बढी पाउँदैनन् ।

कमलमणि सबै कुुरा सहन तयार थिए– आफ्नै अपमान पनि; तर भाषाको अपमान र अवमूल्यन सहन तयार थिएनन् ।

विस्तृत
कठोर परिश्रमको मूल्य शून्य कठोर परिश्रमको मूल्य शून्य

मीना शर्मा सोमबार, पुस २५, २०७३

यो अढाई महिनामा म पुगेका सदूरपश्चिम र मध्यपश्चिमका हिमाल, पहाड र तराईका जिल्लाहरु बाजुरा, हुम्ला, मुगु, जुम्ला, सुर्खेत, दैलेख, बाँके, दाङ, सल्यान, रुकुम, प्युठानलगायतका गाउँमा महिलाले गरेको काम देख्दै मुटु चिमोट्ने छ ।

विस्तृत
बोटे स्वाद बोटे स्वाद

सञ्जीव शर्मा शनिबार, पुस २३, २०७३

सीमान्तकृत जातजातिको अधिकार आन्दोलनमा होमिएका ३९ वर्षीय ज्ञानबहादुर बोटे नेपाल आदिवासी जनजाति महासंघको उपाध्यक्ष पनि बने, एक कार्यकाल। तिनै बोटे अहिले नवलपरासीको नारायणी किनारमा पर्यटकहरुलाई 'बोटे स्वाद' चखाइरहेका छन्।

विस्तृत
जाडोमा स्वास्थ्य समस्या जाडोमा स्वास्थ्य समस्या

शनिबार, पुस २३, २०७३

पुस–माघको जाडोमा विशेषगरी बालबालिका र वृद्धवृद्धालाई छाला र श्वासप्रश्वासको समस्याले बढी सताउँछ।

विस्तृत
यो मेरो टोपी हो… यो मेरो टोपी हो…

केदार शर्मा आइतबार, पुस १७, २०७३

धोती र टोपीको न तुलना हुनसक्छ न ती एकअर्काका विकल्प हुन्। एउटा कम्मरमुनि लगाइने, लाज ढाक्ने समेत प्रयोजनको बस्त्र हो, अर्को टाउको ढाक्ने। त्यसैले टोपी वा धोती भनेर तिनलाई ‘विरोधी खेमाका’ बनाउन जरूरी छैन।

विस्तृत
अक्षरका अथक साधक अक्षरका अथक साधक

हिमालखबर आइतबार, पुस १७, २०७३

नेपाली भाषा साहित्यका अविश्रान्त साधक कमलमणि दीक्षितलाई कसरी जीवित बनाइराख्ने भन्ने जिम्मा हाम्रो पनि हो ।

विस्तृत
दादा, त्यहाँ इमेल चल्दैन ? दादा, त्यहाँ इमेल चल्दैन ?

केदार शर्मा आइतबार, पुस १७, २०७३

उहाँ अन्तिम समयसम्म पनि किताब लेखिरहनुभएको थियो, त्यसबारे पीर मानिरहनुभएको थियो र इमेलबाट सम्पादकसित सम्पर्क गरिरहनुभएको थियो ।

हामी कहिलेकाहीं एकअर्कासित असहमत भइरहन्थ्यौं । जाँदाजाँदै दादाले असहमत हुने अर्को ठाउँ दिएर जानुभयो ।

विस्तृत
कङ्गारु मातृ स्याहार कङ्गारु मातृ स्याहार

शनिबार, पुस ९, २०७३

जाडोयाममा नवजात शिशुको लागि कङ्गारु मातृ स्याहार वरदान हुन्छ।

विस्तृत
नूनको गुन नूनको गुन

शुक्रसागर बुधबार, पुस ६, २०७३

-शुक्रसागर
चिया उम्लिंदै गर्दा एंगेला सिमान्सले सानो शिशी निकालेर त्यसबाट सेतो धूलो हत्केलामा थापेर चाट्न थालिन्। के हो भनेर सोध्दा उनले जर्मन भाषामा भनिन्– “इख इस्से साल्ज...।”

 म  झसंग भएँ। मकै छर्न जाँदा बाजेसँग खाएको खाजा र त्यो थान्सिङे भरियाको शत् लाग्ने टोपी सम्झें। विचरा मेरा बाजे र ती थान्सिङे मामाले भन्न जानेनन्, तर दुवैलाई विज्ञान थाहा रहेछ।

जनतालाई नूनसम्म खुवाउन नसक्ने सरकारलाई के भन्नु र खै!

विस्तृत
मनका राजाः जिग्मे परवल बिष्ट मनका राजाः जिग्मे परवल बिष्ट

वसन्त महर्जन शुक्रबार, पुस १, २०७३

वसन्त महर्जन
राजाको पद नरहे पनि पूर्व मुस्ताङी राजा जिग्मे परवल बिष्ट स्थानीयका मनमा राज गरिरहेका थिए ।

विस्तृत
मुर्माटप पुगेर रारा हेर्दा (तस्वीरहरु) मुर्माटप पुगेर रारा हेर्दा (तस्वीरहरु)

मीना शर्मा आइतबार, मंसिर २६, २०७३

५.१ किमि लामो, २.७ किमि चौडा र १६७ मिटर गहिरो रारासँगै पूरा रामसार क्षेत्रको पूर्ण सौन्दर्य नियाल्न मुर्माटपसम्म उक्लनुपर्छ । समुद्र सतहबाट ३ हजार ६३० मिटर उँचाइमा रहेको मुर्माटप टावरबाट २ हजार ९७२ मिटरमा अवस्थित राराको सौन्दर्य छचल्किएको देखिन्छ ।

विस्तृत
जुम्ल्याहा गर्भको चुनौती जुम्ल्याहा गर्भको चुनौती

शनिबार, मंसिर २५, २०७३

दम्पती र परिवारजनका लागि जुम्ल्याहा गर्भ जति कौतुहलपूर्ण र आनन्ददायी हुन्छ, त्यतिकै चुनौतीपूर्ण।

निकै ढिलो विवाह गर्ने चलन र कृत्रिम गर्भाधानको सुविधाका कारण प्रसूति क्षेत्रमा नयाँ चुनौती थपिन थालेको छ। कृत्रिम गर्भाधानको सुविधाले जुम्ल्याहा हुने सम्भावना १४ र तिम्ल्याहाको सम्भावना ५४ गुणा बढाएको छ।

विस्तृत
गोठमा हुर्कंदैछ एउटा पुस्ता गोठमा हुर्कंदैछ एउटा पुस्ता

मीना शर्मा सोमबार, मंसिर २०, २०७३

अन्धविश्वासमा जकडिएको बाजुरा, हुम्ला र मुगुका दुर्गम गाउँहरूमा महिलाले बाहिरी दुनियाँको लागि अकल्पनीय अवस्था भोगिरहेका छन् ।

विस्तृत
भान्छामै छ संसार ! भान्छामै छ संसार !

डा. तीर्थबहादुर श्रेष्ठ बुधबार, मंसिर ८, २०७३

डा तीर्थबहादुर श्रेष्ठ (शिक्षक मासिकबाट साभार)
हाम्रो भान्छामा पाक्ने लोकप्रिय तिहुन आलु–तामा अनि त्यसलाई तिखार्ने खुर्सानीको पिरो मसलाको उद्गमस्थल पछ्याउँदै गयौं भने हामी मेक्सिको र पेरुतिर पुग्छौं ।

हाम्रो दाल र भात; विशेष गरेर मासको दाल र चामलको भात दक्षिण तथा दक्षिण पूर्वी एशियाका मौलिक खाद्य पदार्थ हुन् । एवं प्रकारले, गहुँ पश्चिम एशियाको मौलिक अन्न हो भने हामीले मेचीदेखि महाकालीसम्मको पर्वतीय परिवेशमा उब्जाउने पाखेबाली कोदो अफ्रिका महादेशको उपज हो ।

विस्तृत
प्रहरी कसको साथी प्रहरी कसको साथी

शेखर खरेल बुधबार, मंसिर ८, २०७३

-शेखर खरेल
नेपाल प्रहरी जनताको, लोकमानसिंह कार्कीको वा अन्य कुनै शक्तिकेन्द्रको साथी हो? परीक्षण जरूरी छ।

पछिल्ला तीन वर्षमा विधिको शासन र अमनचयनको जिम्मेवारी लिएको प्रहरी कुनै एक व्यक्तिको निहित स्वार्थपूर्तिका निम्ति संस्थागत रूपमै दुरुपयोग भएको प्रशस्त घटना देखिए।

विस्तृत
'आइसल्याण्डको सर्प' जस्तो जेल जर्नल 'आइसल्याण्डको सर्प' जस्तो जेल जर्नल

शनिबार, मंसिर ४, २०७३

बीपीले आफ्ना खुशी र दुःखका क्षण, आत्मग्लानि, निरीहता र प्रतिहिंसामा आफू जलेका कुरा समेत नलुकाई व्यक्त गरेको अनुभव हुन्छ 'जेल जर्नल' मा। आफूले गरेका गल्तीहरू, आफ्ना कमजोरीहरू केही लुकाउन खोजिएको छैन, सबै कुरा छर्लङ्ग पारिदिएको देखिन्छ। अभिव्यक्तिको यस्तो इमानदारी राजनीतिक नेताहरूबाट अपेक्षा गरिएको हुन्न। त्यसै हुनाले पनि जेल जर्नल एउटा उत्तमोत्तम कृति मानिएको हुनुपर्दछ।

विस्तृत
तिहारमा सजगता तिहारमा सजगता

शनिबार, कात्तिक १३, २०७३

आतिसबाजीका कारण रक्तचाप बढ्ने, एलर्जी हुने, टाउको दुख्ने, ब्रोङ्काइटिस बल्झिने, दम बढ्ने, खोकी लाग्नेलगायतका अप्रत्यक्ष असरहरूमा त मानिसहरूको ध्यानै गएको छैन।

तिहारको बेला आतिसबाजीको जोखिम जस्तै अर्को समस्या हो– खाद्य मिसावट। लोभी व्यापारीहरूले उपभोग बढ्ने चाडबाडलाई अनुचित तरीकाले कमाउने अवसर बनाउँछन्।

विस्तृत
'घुम्ने मेचमाथि' 'घुम्ने मेचमाथि'

शनिबार, कात्तिक १३, २०७३

नेपालीका कविहरूमध्ये उम्दाउम्दा उपमा दिनेमा कविशिरोमणि लेखनाथलाई कसैले उछिन्न सकेको छैन। अचेलका नेपाली कवितामा त उपमा भन्ने चलन नै छैन, 'बिम्ब' भन्नुपर्छ। तर, उपमा या बिम्ब जे भने पनि त्यस विधामा कवि भूपि शेरचन अद्वितीय छन् भन्ने मेरो धारणाको प्रमाण प्रस्तुत गर्न यही एउटा पुस्तक, 'घुम्ने मेच' पर्याप्त छ भन्ने मलाई लाग्छ।

विस्तृत
बफको गफ बफको गफ

केदार शर्मा सोमबार, असोज २४, २०७३

- केदार शर्मा
राँगाको मासु नखानेबीच पनि 'बफ मोमो' लोकप्रिय हुनुका पछाडि नयाँ नाम र स्वादसँगै एउटा समृद्ध पाककलाले काम गरेको छ।

पूर्व जानकारीः यस लेखले नेपालमा राँगा–भैंसीको अनुपयुक्त ढुवानी, अस्वस्थकर बधशाला जस्ता विषय जानाजान नउठाएको हो। यो 'ठूलो खसी' को मासु; अर्थात् बफको परम्परा र प्रचलनको चर्चा हो। मासुमंसको कुरा पढ्न मन नपराउनेहरूसित अग्रिम क्षमायाचना छ।

गाईका बारेमा धेरै निबन्ध लेखियो, पढियो। तर भैंसीबारे न कतै पढियो, न त लेखियो। आज लेखिहेरौं है त?

विस्तृत
'माधवी' को महिमा 'माधवी' को महिमा

शनिबार, असोज १५, २०७३

कमलमणि दीक्षित
'माधवी' उपन्यास या आख्यान लेख्नेहरूका लागि एउटा पाठ्यपुस्तक पनि हो।

यस स्तम्भमा हामीले यसअघि दुइटा उपन्यासको चर्चा गरिसकेका छौं– रुद्रराज पाण्डेको 'रूपमती' र गिरीशवल्लभ जोशीको 'वीरचरित्र' को। आज अर्को उपन्यास अगाडि सरेको छ, मदनमणि दीक्षितको प्राग्–इतिहासकालीन 'माधवी'।

विस्तृत
खेलकुदमा खुराफात खेलकुदमा खुराफात

मनिष झा शुक्रबार, असोज ७, २०७३

मनिष झा
चरम राजनीतीकरण र भ्रष्टाचारग्रस्त नेपाली खेलकुदलाई बचाउने हो भने राजनीतिक संक्रमणको वहानाबाजी कुनै पनि हालतमा स्वीकार्नु हुन्न।

जुनसुकै बेथिति र विसंगतिलाई राजनीतिक संक्रमणसँगै जोड्ने र यसैको बलमा कोकोहोलो मच्चाइरहने राजनीतिक नेताका कुरा पत्याइरहने हो भने जवाफ कहिल्यै सकारात्मक आउँदैन। संक्रमणभित्रैबाट सुधार खोज्ने युवा प्रयत्न जति सघन बन्छ, सुदिनको सम्भावना नजिकिन्छ।

विस्तृत
'कर्णाली लोक संस्कृति' को गुणगरिमा 'कर्णाली लोक संस्कृति' को गुणगरिमा

शनिबार, असोज १, २०७३

पाँच जना विद्वानको संयुक्त प्रयासबाट आएको 'कर्णाली लोक संस्कृति' ले कुनै क्षेत्रको अध्ययन अथवा सर्वेक्षण कसरी गर्नुपर्छ भन्ने बाटो समेत देखाएको छ।

विस्तृत
अप्रत्याशित भ्यागुते रोग अप्रत्याशित भ्यागुते रोग

शनिबार, असोज १, २०७३

नाक र घाँटीमा कोरिने ब्याक्टेरियम डिप्थेरीको आक्रमणबाट हुने भ्यागुते रोग निदानका लागि एन्टीसेराको जोहो हुनैपर्छ।

विस्तृत
चन्द्र शम्शेरसँग बेलायती रेजिडेन्टको जिद्दी (इतिहास) चन्द्र शम्शेरसँग बेलायती रेजिडेन्टको जिद्दी (इतिहास)

ज्ञानमणि नेपाल शनिबार, भदौ २५, २०७३

महाराजको पनि मनमा बिझेका आफ्नै कुराहरू थिए। उनी भन्ने गर्थे, “हाम्रा भारदार दुनियाँदार पनि के हो के हो, अंग्रेजसँग खुलस्त व्यवहार गर्नुहुँदैन, उनीहरूलाई जहीं तहीं घुमफिर गर्ने स्वच्छन्दता दिनुहुँदैन भनेर विरोध गर्छन्। तिनको चित्त बुझाउन प्रयास गर्छु, दोस्तीको लिहाजले।

तर, तपार्इंहरूको हामीप्रतिको चित्तबुझदो व्यवहार देखाउन सक्तिनँ। तपाईं पनि यति राम्रो दुई देशको दोस्ती छ त भन्नुहुन्छ तर तपाईंको गभर्मेन्टले हामीप्रति त्यस्तो व्यवहार देखाएको छैन।

विस्तृत
साँघुरिंदा पनि चर्चित गोरेबहादुर खपाङ्गी साँघुरिंदा पनि चर्चित गोरेबहादुर खपाङ्गी

सोमबार, भदौ २०, २०७३

२०५९ सालमा लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री भएका बेला राजाको हातबाट टीका थाप्नुलाई धेरैले खपाङ्गीको ‘टर्निङ पोइन्ट’ को रुपमा हेरे ।

विस्तृत
झुक्याउने स्तन क्यान्सर झुक्याउने स्तन क्यान्सर

बुधबार, भदौ १५, २०७३


क्यान्सरबाट जोगिन आर्थिक क्षमता चाहिंदैन, होशियारी अपनाए पुग्छ।

विस्तृत
भोटमा नेपालका अधिकार (इतिहास) भोटमा नेपालका अधिकार (इतिहास)

ज्ञानमणि नेपाल सोमबार, भदौ १३, २०७३

ज्ञानमणि नेपाल
उबेलाको भोटमा नेपालले अहिले सुन्दा अचम्म लाग्नेगरिका अधिकारहरू लिएको थियो।

भोटमा नेपाली बेपारीहरूले त्यहींका भोटिनीसँग बिहे गर्दथे। कतिले भोटेलाई साथी बनाएर वा मीत लाएर उसैकी श्रीमतीलाई साझे बनाउँथे।

विस्तृत