पार्टीको नेतृत्वमा हुनेले सरकार सञ्चालनमा र सरकारबाट पार्टी संरचनामा प्रभाव पार्ने कार्य भएन भने मात्र नेकपा र उसको नेतृत्वको सरकार सञ्चालन सहज हुनेछ।
नेपाल सरकारबाट आधिकारिक रूपमा कालापानी नेपालको भएको प्रष्ट अभिव्यक्ति प्रकट भइसकेको अवस्थामा भारतलाई ‘कोर्स करेक्सन’ गर्दै नेपालमा आफ्नो छवि सुधार गर्ने अभूतपूर्व अवसर पनि हो, यो।