राष्ट्रिय पशुविज्ञान अनुसन्धान प्रतिष्ठानको कृषि फार्म हटाउन ललितपुरका स्थानीयहरूको माग
ललितपुर महानगरपालिका वडा नं. १५ नयाँ वस्तिमा रहेको राष्ट्रिय पशुविज्ञान अनुसन्धान प्रतिष्ठानको कृषि फार्म हटाउन स्थानीयहरुले माग गरेका छन्। नयाँ वस्तिका स्थानीयहरू स्थानीय वडा अध्यक्ष सहित प्रतिष्ठानको कार्यालयमा पुगेर बंगुर पालन र कुखुरापालन रहेको फार्महाउस हटाउन माग गरेका हुन्।
मल किन्न बिहान ४ बजेदेखि नै लाइन बस्छन् किसान
युरिया मलको चरम अभाव हुँदा चितवनका किसानहरू मर्कामा परेका छन्। धानबालीमा हाल्ने समय हुदाँ समेत मल नपाउँदा मर्कामा परेका किसान मल पाइने आशमा बिहान ४ बजेदेखि नै बिक्री केन्द्र पुगेर लाइन बस्ने गरेका छन्।