HimalKhabar.com :: A Complete Nepali Political News Portal
चकमन्न मधेश
चकमन्न मधेश मधेशमा मध्यमार्गी धार कमजोर बन्दै जाँदा अतिवादतर्फको अस्वाभाविक आकर्षण बढ्न थालेको छ ।
सीमाञ्चलका स्वार्थ
सीमाञ्चलका स्वार्थ - चन्द्रकिशोरखुला सीमा र रोटीबेटीको नाता देखाउँदै भन्ने गरिएको नेपाल–भारतको 'विशिष्ट सम्बन्ध' को विशेषण व्यावहारिक रूपमा दिनानुदिन कमजोर बनिरहेको छ।खुला सिमाना र 'रोटी–बेटी' नाताकै कारण नेपाल–भारत सम्बन्ध पृथक् र विशिष्ट बनाएको छ। तर, यो विशिष्टताले दुवैतर्फ समान कानूनी हैसियत प्राप्त गरेको देखिंदैन। जस्तो कि, नेपालकी छोरी भारतकी बुहारी बनेमा पाउने नागरिकता प्रमाणपत्रको प्रक्रिया जटिल र झन्झटिलो छ।पूर्व सभासद् आत्माराम साहले आफ्नी छोरीको विवाह सीमावर्ती भारतीय राज्य उत्तरप्रदेशको बरेलीमा गरिदिनुभयो। तर, विवाह दर्ता गर्न खोज्दा 'विदेश मन्त्रालयमार्फत समन्वय गरेर आउन' भनियो। तर, विगतमा यस्तो थिएन।