HimalKhabar.com :: A Complete Nepali Political News Portal
एमालेले हठ त्यागेर संसद् चल्न दिनुपर्छ
एमालेले हठ त्यागेर संसद् चल्न दिनुपर्छ सभामुखले हामीमाथि विभेद गरे भनेर एमालेले राजनीतिक तवरले भन्न पाउँछ, तर १४ सांसदको कारबाही सम्बन्धी निर्णय खारेज गर वा राजीनामा देऊ भन्न पाउँदैन।
संविधान पालनाका चुनौती
संविधान पालनाका चुनौती -राधेश्याम अधिकारी चाहेर पनि संविधान संशोधन हुन नसक्ने र नचाहे पनि नरोकिने जटिल संक्रमणकालमा उभिएका छौं, हामी । यो परिस्थितिमा मध्यमार्ग एकमात्र विकल्प हो । निर्वाचन गराउनुपर्छ भनेर मात्र पुग्दैन, त्यसका लागि वातावरण बनाउन पनि एमालेले सहयोगी भूमिका खेल्नुपर्छ । कांग्रेससँग भएको सातबुँदे सहमतिमा उल्लेख भएको राज्य पुनर्संरचना मान्न एमाले हिचकिचउनु पर्दैन । उसलाई राजनीतिक रुपले कुनै हानी नपुर्‍याउने सात बुँदेले निकासको बाटो खोल्न सक्छ ।गएको एक वर्ष त्यसै खेर गएको छैन । महाभूकम्प, नाकाबन्दी जस्ता प्राकृतिक तथा मानवीय प्रकोपहरुबाट गुज्रनुपर्दा पनि संविधान बमोजिमका कामहरु भइरहे, हुँदैजानेछन् ।