HimalKhabar.com :: A Complete Nepali Political News Portal
सर्वोच्चबाट संविधानको ‘गुड डे’को पर्खाइ
सर्वोच्चबाट संविधानको ‘गुड डे’को पर्खाइ नेपालको सात दशक लामो लिखित संविधानको परम्परामा सर्वोच्च अदालतले न्यायको निरूपण गर्दा अक्सर संविधानको मर्यादा राखेको गर्विलो इतिहास हेर्दा संसद् विघटनसम्बन्धी फैसलाबाट आफ्नो संस्थागत निष्ठा अझ बढाउने आम अपेक्षा छ।
'एन्टिगोनी' ग्रीक क्लासिकसँग साक्षात्कार
'एन्टिगोनी' ग्रीक क्लासिकसँग साक्षात्कार कानून ठूलो कि विवेक ? यो प्रश्नले शासकहरूलाई सदैव पिरोल्छ। जनसाधारणमा पनि यो बहसमा एकमत निकाल्न गाह्रो हुन्छ । वास्तवमा यो बहस अनादिकालदेखि चल्दै आएको देखिन्छ। ग्रीक नाटककारहरूले उहिल्यै यसबारे विमर्श गरेका छन्। तीमध्ये सोफोक्लिज प्रमुख हुन् ।
देउवालाई 'स्टेट्सम्यान' बन्ने अवसर
देउवालाई 'स्टेट्सम्यान' बन्ने अवसर -शंकर तिवारी राष्ट्रिय राजनीतिको गाँठो फुकाउन 'किंकर्तव्यविमूढ' कांग्रेस नेतृत्वले पहलकदमी लिने हो भने देउवालाई स्टेट्सम्यान बन्न कसैले रोक्न सक्तैन।अनुभवका हिसाबले तीन–तीन पटक प्रधानमन्त्री भएका देउवा समकालीन राजनीतिमा सर्वोच्च 'स्टेट्सम्यान' को दर्जामा देखिन्छन्। तर, उनको 'स्टेट्सम्यानसिप' भने पार्टी सभापतिका रूपमा राष्ट्रिय राजनीतिका पछिल्ला समस्या समाधानमा चाल्ने कदममा निहित छन्। विगतका आधारमा भन्ने हो भने, देउवा निष्ठाभन्दा व्यवहारवादी राजनीतिका पक्षपाती लाग्छन्। तर, यतिबेला उनले निष्ठाको नेता बन्दै शक्तिका प्रति अनासक्त भएर राजनीतिक घटनाक्रम र जनचाहना नियाल्न सक्नुपर्छ।