HimalKhabar.com :: A Complete Nepali Political News Portal
हेलिकोप्टरको छायामुनि
हेलिकोप्टरको छायामुनि आन्दोलनकारी तितरबितर भए भन्ने परेपछि लुकेर बसेका पुलिस यताउताबाट निस्कन थाले। उनीहरूमध्ये कसैको जीउमा कपडाको नाममा कट्टु मात्र थियो। उद्धारका लागि आएका पुलिसले आफ्ना साथीका लास र घाइतेलाई गाडीसम्म नलाँदासम्म गोली चल्न थामिएन। हेलिकोप्टरले फेरो मारिरह्यो।