HimalKhabar.com :: A Complete Nepali Political News Portal
चुनावी परीक्षामा पत्रकारिता पनि
चुनावी परीक्षामा पत्रकारिता पनि सन्तुलन सामग्रीको सोच भएका पत्रकार र मिडिया प्रतिष्ठान नगन्य छन् । यसरी चुनावी परीक्षामा पार्टी र प्रत्यासीसँगै पत्रकारिता पनि परेको छ ।
मोर्चालाई सिंहदरबार छिर्ने सकस
मोर्चालाई सिंहदरबार छिर्ने सकस -चन्द्रकिशोर आन्दोलन लिएर काठमाडौं पुगेका मधेशकेन्द्रित दलहरूलाई वातावरण फेरिए पनि सिंहदरबार पस्न भने सजिलो छैन।अहिलेको नेतृत्वपंक्तिमाथि मधेशको भरोसा छैन। यसको अर्थ ठूला भनिने दलहरू मधेशमा लोकप्रिय छन् भन्ने पनि होइन। प्रमुख राजनीतिक दलहरूप्रति मधेशमा आक्रोश यथावत् छ। यस अर्थमा मधेशमा मध्यमार्गी राजनीति कमजोर हुनु भनेको मूलधारका दलहरूमाथिको प्रहार पनि हो। यो अवस्थामा आन्दोलनरत मधेशी दलहरू र सत्ता गठबन्धनबीच तालमेल मिलोस् भन्ने आशा राख्नु स्वाभाविक हो।बृहत् नेपाली राष्ट्रियताको निर्माण चाहने पक्षहरूले मधेशको माटोमा देखापरेको काठमाडौं प्रेमसँग आफूलाई जोड्नुपर्छ। मधेशी पहिचान खोज्नुको अर्थ आफूलाई नेपाली पहिचानमा समाहित गर्ने प्रयत्नभन्दा अर्को छैन।